Homeसमाचारसिमाको सुरक्षा: पीउने पानीदेखि खाने, बस्नेसम्मको अभाव

सिमाको सुरक्षा: पीउने पानीदेखि खाने, बस्नेसम्मको अभाव

रेजिना गौतम
झापा २२ बैशाख । नेपाल भारत सिमामा अस्थायी पोष्ट स्थापना गरि सुरक्षार्थ खटाइएका भद्रपुर नगरपालिका–३ दौडेको बगान नजिकै रहेको शसस्त्रका सुरक्षाकर्मीले दैनिक विहान बेलुका खाना खान एकोहोरो दुईकिलोमिटरको दुरी पार गर्नुपर्छ । खाना मात्र होइन पानी पिउनका लागि पनि समस्या उही हो । मेची नदीको किनारमै रहेको पोष्टको पूर्व दक्षिणतर्फ मेची खोला कुदिरहेको छ । तर खोलाको पानी खान सकिने अवस्था नभएपछि पानी पिउन पनि दुःख खेपिरहेका छन् उनीहरु । दााैडेकाे बगान नजिककाे सशस्त्र प्रहरीकाे अस्थायी पाेष््ट उदाहरण मात्र हाेे ।
वर्षात र हावाहुरीले टेन्ट नै उडाउला कि भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर ठूलो पानी आए राति नै बगाउने हो कि ! भन्ने डर त्यत्तिकै छ, तर पनि सरकारको सिन्दुर पहिरिएपछि चेन अफ कमाण्डमा चल्ने सुरक्षाकर्मीहरु ड्युटी खटाएका ठाउँमा जिम्मेवारी पूरा गरिरहेका छन् । यसरी स्ुरक्षामा खटाइएका सुरक्षाकर्मी बस्दै आएका भौतिक संरचना, मौसमी अवस्था र स्थानीय परिवेशलाई हेर्दा आफू असुरक्षित रहेर पनि देश र जनताको सुरक्षामा खटिएको देखिन्छ ।

सोमबार कोरोना भाइरस जिल्ला अनुगमन समितिको टोलीले सिमा क्षेत्रको अनुगमन गर्ने क्रममा देखिएको यस्ता दृश्यले सिमामा खटिने प्रहरीको मनोवल उच्च पार्न तत्काल थप व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको अनुगमनमा सहभागि सांसद, सत्तासिन पार्टीका जिल्ला नेतृत्व, प्रतिपक्षी कांग्रेसका नेतृत्वहरुले बताएका छन् ।
आवत जावत नियन्त्रण नै मुख्य चुनौति रहेको दक्षिणी सिमानामा सरकारले सुरक्षार्की खटाएसंगै त्यो नियन्त्रण भएको भएपनि सुरक्षाकर्मीको बसाईको अवस्था दयनिय भएको बताउँदै संघीय सांसद राजेन्द्र लिङ्देनले भन्नुभयो–‘अनुगमनमा जुन दयनीय अवस्था देखियो यसलाई सम्बन्धीत किायले सुधार गर्नुपर्छ, यसको मुख्य दायित्व नेपाल सरकारको हो, सरकार समक्ष आवाज पुर्याउने जनताका प्रतिनिधि भएकाले त्यो गर्ने नै छु, साथै बस्ने नहुने र बगिहाल्नुपर्ने अवस्था नरहनका लागि स्थानीय तहसंग समन्वय गरेर पनि तत्काल सहयोग जुटाउने काम हुन्छ ।’


सुरक्षाकर्मीको अस्थायी पोष्ट स्थापनासंगै खुल्ला सिमानका कारण हुने आवतजावत रोकिएको प्रदेश सांसद बसन्त बानियाँले बताउनु भयो । अनेकन अप्ठ्याराका बाबजुद पनि सुरक्षाकर्मीको खटाइ सम्मान योग्य रहेको बताउँदै उहाँले भन्नुभयो–‘खाने, बस्ने र पिउने पानी समेत नपाउँदा पनि सुरक्षाकर्मी खटेको प्रति उच्च सम्मान छ ।’
सरकारले सिमा क्षेत्रमा हुने आवत–जावत रोक्ने निर्णय गरेसंगै सिमा क्षेत्रको सुरक्षा अवस्थाबारे अनुगमन गरिएको जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले बताउनु भयो । अनुगमनमा सुरक्षाकर्मीको बसाई अत्यन्तै असहज देखिएको बताउँदै उहाँले भन्नुभयो–‘बस्ने खाने, शौचालयदेखि आधारभूत आवश्यकता समेत नभएको पाइयो, अब समस्या समाधानका लागि जिल्लास्तरमै स्थानीय स्रोत साधन परिचालन गरेर न्यूनतम आवश्यकता पूरा गर्ने पहल गर्नेछौं र स्थानीय तहबाट गर्न नसकिने कुरालाई प्रदेश र संघीय सरकार समक्ष पुर्याउने पहल हुन्छ ।’ सिमामा सुरक्षाका लागि स्थापना गरिएको अस्थायी पोष्टलाई स्थायी बनाउन पहल गर्ने उहाँको भनाई छ ।

कोभिड–१९ संग जोडिएर सिमा अवलोकन गरिरहँदा सुरक्षाकर्मीले दुःखका साथ सिमानाको सुरक्षा गरिरहेको पाइएको नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठकले बताउनु भयो । वर्षात शुरु भइरहेको अवस्थामा सुरक्षाकर्मीलाई टेन्ट, पाल, पानी समेतको समेत आवश्यकता रहेको बताउँदै अध्यक्ष पाठकले भन्नुभयो–‘ वर्तमानको जटिल परिस्थितिमा खटिएका सुरक्षाकर्मीको मनोबल उच्च बनाउने तरिकाले काम गर्नुपर्छ । सत्तासिन पार्टीको जिल्लाको नेतृत्वका हैरियतले समस्या समाधानका लागि माथिल्लो निकायको गम्भिरता पूर्वक ध्यानाकर्षण गराउँछु ।’


अस्थायी प्रहरी पोष्ट स्थापनाले आवत जावतमा ९० प्रतिशत नियन्त्रण भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताउनु भयो । सिमा क्षेत्रमा बडो दुःखका साथ सुरक्षाकर्मी बसेको बताउँदै उहाँले भन्नुभयो–‘रुखका स्याउला काटेर बसेको पनि देखियो यसको चाँडै राम्रो व्यवस्थापन हुन जरुरी छ ।’ साथै अपराधमा नियन्त्रणका लागि अहिले स्थापना गरिएका अस्थायी पोष्टलाई स्थायी बनाउनु पर्नेमा जोड दिंदै आफूहरुले त्यसका लागि पहल गर्ने बताउनुभयो ।
त्रिपाल, टिन पठाएर पोष्टको अवस्था सुधार गर्ने क्रममा रहेको झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले बताउनु भयो । सुरक्षाकर्मी थप्नु पर्ने अवस्था पनि रहेको बताउँदै कोइरालाले भन्नुभयो–वर्षात लागेको छ, पोष्टहरु थप्नुपर्ने अवस्था पनि छ, भइरहेको पोष्टहरुलाई दरो र बलियो बनाउनु पर्ने जरुरी छ ।’ आवश्यकता अनुसार अधिकतम एकदेखि डेढकिलोमिटरको दुरीमा पोष्ट राखिएको उहाँले बताउनु भयो । कोइरालाका अनुसार १३२ वटा नेपालप्रहरी रसशस्त्र प्रहरी पोष्टमार्फत १६० ठाउँमा गस्ति गर्ने गरेको उहाँले बताउनु भयो ।

सुरक्षाकर्मीलाई आवश्यक सामग्री दिएर उनीहरुको मनोबल उच्च बनाउनु पर्ने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनु भयो । सुरक्षाकर्मीको अस्थायी पोष्ट स्थापनाका लागि सहयोगी भूमिका खेलेको रेडक्रसका सभापति ढकालले भन्नुभयो–‘अस्थायी रुपमा स्थापना गरिएका पोष्टहरु पानी पर्ने वित्तिकै डुब्ने अवस्थामा छन्, वर्षामा एकदम गारो छ, सुरक्षाकर्मीका लागि थप व्यवस्था नगर्ने हो भने पानी पर्ने वित्तिकै बस्न सक्ने अवस्था रहँदैन त्यसैले सरकारले तत्काल नयाँ व्यवस्था गर्नुपर्छ ।’ टाेलीले भद्रपुरदेखि राजगढ दक्षिणमा रहेकाे सिमानासम्म अनुगमन गरेकाे थियाे । अनुगमनमा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधि, कमल खरेल,अनुत राजवंशी लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसिमाको सुरक्षा: पीउने पानीदेखि खाने, बस्नेसम्मको अभाव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img