Homeसमाचारक्वारेन्टाइनमा वाइफाइ र टिभी

क्वारेन्टाइनमा वाइफाइ र टिभी

भद्रपुर २१ चैत । झापा भद्रपुरको एउटा क्वारेन्टाइनमा वाइफाइ सेवा सहितको व्यवस्था गरिएको छ । भद्रपुर नगरपालिका अन्तरगत कलबलगुरीमा स्थापना गरिएको क्वारेन्टाइनमा वाइफाइ, टेलीभिजन, खाना, सुरक्षा र स्वास्थ्यलाई आधारभूत सेवाका रुपमा क्वारेन्टाइनमा उक्त सेवा उपलब्धताको व्यवस्था गरिएको छ ।


डब्लु एचओको मापदण्ड अनुसार तयार गरिएको बताइएको क्वारेन्टाइन शुक्रबार (आज) भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटी झापाका सभापतिसहितको टोलीले अनुगमन समेत गरेको हो ।
९३ जनाको क्षमता भएको कलबलगुरीको क्वारेन्टाइनमा हाल १८ जना रहेको बताइएको छ । भद्रपुर नगरपालिका–२ स्थित किच्चकवधमा १८ जना भारतीय मजदुर क्वारेन्टाइनमा छन् भने ५५ जना सेल्फ क्वारेन्टाइनमा रहेको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नगरक्षेत्रमा भएका क्वारेन्टाइनबाट १४ दिने क्वारेन्टाइनको अवधी पार गरेर १२ जना डिस्चार्ज भएका छन् ।
कलबलगुरी क्वारेन्टाइनमा नगरपालिकाकै लगानीमा वाइफाइ सुविधा जडान गरिएको मेयर श्रेष्ठले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारक्वारेन्टाइनमा वाइफाइ र टिभी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img