Homeसमाचारसमाचारकोरोना कोषमा बालक्लबको सहयोग

कोरोना कोषमा बालक्लबको सहयोग

सुरुङ्गा २१ चैत । बुबा आमाले खाजा खान दिएको रकम कटाएर कनकाई नगर बाल क्लबले कोरोना भाइरस जोखिम न्यूनिकरण व्यवस्थापन तथा राहत कोषमा सहयोग गर्ने भएको छ ।
कोरोना भाइरस जोखिम संक्रमणबाट बच्नका लागि कनकाई नगर बाल क्लब संजालले कनकाई नगरपालिकामा स्थापित कोरोना भाइरस जोखिम न्यूनिकरण व्यवस्थापन तथा राहत कोषमा सहयोग ६ हजार एकसय रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
क्लबका सदस्यहरुबाट प्रतिव्यक्ति पाँच÷पाँचसय र क्लबको कोषबाट सहित गरी उक्त रकम सहयोग गर्न लागेको हो ।
अरुका लागि सहयोग सानो भएपनि बालबालिकाका लागि उक्त सहयोगलाई ठूलो मानेर अरुलाई पनि सहयोगका लागि प्रेरणा होस् भन्ने उद्देश्यले आफूहरुले सहयोग गर्न लागेको क्लबले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारकोरोना कोषमा बालक्लबको सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img