Homeसमाचारविर्तामोड र मेचीनगरद्वारा राहत कोषमा ५०/५० लाख

विर्तामोड र मेचीनगरद्वारा राहत कोषमा ५०/५० लाख

झापा १६ चैत । विर्तामोड नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमण जोखिम व्यवस्थापनका लागि ५० लाखको कोष स्थापना गर्ने निर्णय गरेको छ ।
उक्त निर्णयसंगै नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले एक महिनाको भत्ता कोषमा जम्मा गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता अग्नी पाण्डेले जानकारी दिनुभयो ।
नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेसंगै अब नगरभित्र राहत संकलन तथा वितरण गर्ने संघ–संस्थाले नगरपालिकासंग समन्वय गरेर मात्र गर्नुपर्ने बताइएको छ ।
यसैबीच कोभिड–१९ को रोकथाम तथा प्रतिरोधका लागि झापाका स्थानीय तहले १० लाखदेखि ५० लाख सम्मको कोष खडा गरेका छन् ।
विर्तामोड र मेचीनगरपालिकाले कोभिड –१९ जोखिमबाट उत्पन्न परिस्थितिमा विपन्न परिवारलाई भोकमरीबाट बचाउन स्थापना गरेको राहत कोषमा ५०÷५० लाखको छुट्याएका छन् भने दमक नगरपालिकाले ३० लाख, कनकाईले १५ लाख, शिसताक्षी नगरपालिका र कमल गाउँपालिकाले १०÷१० लाख रुपैयाँको राहत कोष स्थापना गरेको जनाएका छन् । शिवसताक्षी, कनकाई र दमकका जनप्रतिनिधिले एक महिनाको तलब र भत्ता आकस्मिक राहत कोषमा जम्मा गर्ने भएका छन् ।
झापाका सबै पालिकाले कोष वृद्धिका लागि सहयोग गर्न चाहने व्यक्ति वा संघ–संस्थालाई नगद वा जिन्सी जे भए पनि राहत कोषमै जम्मा गर्न अनुरोध पनि गरेका छन् ।
उता झापाको मेचीनगरका प्रमुख राजनीतिक दलका नेता सम्मिलित मेची अभियानले लकडकाउनका बेला असहायलाई खाद्यान्न वितरण गर्ने बताएका छन् । अभियानले लकडकाउनका बेला असहायलाई खाद्यान्न वितरण गर्ने उद्देश्यका साथ फुड बैंक स्थापना गरेका छन् ।
नेकपा, नेपाली कांग्रेस, राप्रपा, संघीय समाजवादी पार्टी लगायतका दलका नगरप्रमुख अभियानमा सदस्य रहेको मेची अभियानका संयोजक तथा मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय डालमियाले जानकारी दिनुभयो । अभियानले दाताबाट स्वेच्छिक रूपमा प्राप्त नगद तथा खाद्यान्न फुड बैंकमा राख्ने र वास्तविक विपन्नलाई वितरण गर्ने डालमियाले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड र मेचीनगरद्वारा राहत कोषमा ५०/५० लाख
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img