Homeसमाचारकोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहतकोष कार्यविधी

कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहतकोष कार्यविधी

विर्तामोड १६ चैत । कोरोना भाइरस (कोभिड १९) संक्रमण जोखिम व्यवस्थापनका लागि विर्तामोड नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहतकोष गठन तथा सञ्चालन कार्यविधी पारित गरेको छ ।
नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा सोमबार नगरपालिकामा सम्पन्न नगरपालिकाको बैठकले कार्यविधि पारित गरेसंगै राहत संकलन वितरणको खुलेको नगरपालिकाका प्रवक्ता अग्नी पाण्डेले जानकारी दिनुभयो ।
कार्यविधी पारितसंगै नगर प्रमुख शिवाकोटीको संयोजकत्वमा कोभिड–१९ संक्रमण जोखिम व्यवस्थापनका लागि विर्तामोड नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहतकोष गठन तथा सञ्चालन समिति समेत गठन गरेको छ ।
उपप्रमुख सहसंयोजक रहेको समितिमा वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरमा मान्यता प्राप्त राजनीतिक दलका प्रमुख, समाजसेवी, विषय विज्ञ र दाता मध्येबात नगरप्रमुखले तोकेका तीनजना प्रतिनिधिसहित नेपाल रेडक्रस सोसाइटी नगर सभापति सदस्य रहने समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा रहनु भएको छ ।
त्यसैगरी सोही प्रकृतिको समिति प्रत्येक वडामा पनि गठन गरिएको छ । वडाध्यक्षको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा वडा सदस्य, वडामा मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि, सदस्य सचिवमा वडासचिव तथा वडाका स्वास्थ्यप्रमुख सदस्य रहने गरी समिति गठन गरिएको प्रवक्ता पाण्डेले बताउनु भयो ।
त्यसैगरी बैठकले राहत सञ्चालन सचिवालय समेत गठन गरेको छ । नगर तथा वडा समितिहरुको बैठक बस्न नसके वा काम गर्न नसकेको अवस्थामा उक्त सचिवालय समितिले निर्णय गर्न सक्ने अधिकारसहित सचिवालय समिति गठन भएको विर्तामोड नगरपालिका वडा नंं–३ का वडाध्यक्ष भोजराज सिटौलाले जानकारी दिनुभयो । नगरप्रमुख शिवाकोटीको संयोजकत्वमा गठित समितिको, सदस्यमा उपप्रमुख पवित्रा महतारा प्रसाई, वडाध्यक्षहरु मध्येबाट २ जना सदस्य र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत रहने बताइएको छ ।
बैठकले सांसद पवित्रा निरौला खरेलको संयोजकत्वमा नगरभित्रबाट प्रदेशमा प्रतिनिधित्व गर्ने सबै सांसद तथा नगरभित्र बसोबास गर्ने सबै संविधानसभा सदस्यहरु रहेको सल्लाहकार समिति समेत गठन गरेको अध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहतकोष कार्यविधी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img