Homeसमाचारविर्तामोड र अर्जुनधारामा घर-घरमा तरकारी

विर्तामोड र अर्जुनधारामा घर-घरमा तरकारी

विर्तामोड १५ चैत । लकडाउनको पाँचौं दिन शनिवार विर्तामोड र अर्जुनधारामा घर–घरमा सब्जी पुर्याइएको छ । विर्तामोडमा कृषि उपज बजारभित्रका व्यवसायीसंघ रहेको तरकारी विभिन्न सातवटा ढुवानीका साधनमार्फत घर–घरमा तरकारी पुर्याइएको झापा फलफूल तथा तरकारी व्यवसायी संघका सहसचिव खगेन्द्र महतोले जानकारी दिनुभयो ।


सामाजिक दुरी कायम गरी भिडभाड नगरी तरकारी विक्री गर्न पाउने भएपछि विर्तामोड आसपासमा कृषकले फलाएको तरकारी कृषक आफैंले बजारमा ल्याएर विक्री गरेको बताएका छन् ।
कोभिड–१९ संक्रमण जोखिमका कारण कृषि उपज बजारमा तरकारी तथा फलफूल किनबेच संभव नभएपछि व्यापारीले विक्रीका लागि ल्याएको हरियो तरकारी, तथा तरकारीजन्य सामग्री र फलफूल किनबेचका क्रममा सामाजिक दुरी कायम नराख्ने तथा माक्स समेत नलगाइ भिडभाड हुन थालेपछि विहिबारबाट प्रशासनले कृषिथोक बजार बन्द गराएको थियो ।


उता अर्जुनधारा नगरपालिकामा व्यवसायिक रुपमा तरकारी उत्पादन गरेको मामा–भान्जा कृषि फामले आफ्नो उत्पादनलाई समय तालिका बनाएर घर–घरमै तरकारी पुर्याएको छ ।
फामले कुन ठाउँमा कुन समयमा तरकारी पुग्छ भन्ने सामाजिक सञ्जालमार्फत पूर्व सूचना गरेर आफ्ना उत्पादनहरु हरियो खोर्सानी, टमाटर, सिवी, बोडी, बन्दा कोपी, बैगुन, काँक्रा, लौका, पालुङ्गो साग, करेला लगायतका तरकारीहरु अर्जुनधारा नगर क्षेत्रभित्र बसोबासको घनत्व बढी भएका स्थानमा पुर्याउँदै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड र अर्जुनधारामा घर-घरमा तरकारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img