Homeसमाचारविर्तामोडमा घरघरमा तरकारी पुर्याइने

विर्तामोडमा घरघरमा तरकारी पुर्याइने

विर्तामोड १४ चैत । झापाको विर्तामोडस्थित कृषि उपज बजारभित्र स्टकमा रहेको फलफूल तथा तरकारी शनिवार घर–घर मै लगेर विक्री गरिने भएको छ । कोभिड–१९ संक्रमण जोखिमका कारण कृषि उपज बजारमा तरकारी तथा फलफूल किनबेच संभव नभएपछि व्यापारीले विक्रीका लागि ल्याएको हरियो तरकारी, तथा तरकारीजन्य सामग्री फलफूल विक्रीका लागि घर–घरमै पुर्याइने झापा फलफूल तथा तरकारी व्यवसायी संघका सहसचिव खगेन्द्र महतोले बताउनु भयो ।
विर्तामोड क्षेत्रमा शनिवार विहानदेखि ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म घरघरमा तरकारी विक्री गर्न प्रशासनबाट अनुमति पाएको महतोले बताउनु भयो । व्यवसायीहरुसंग रहेको तरकारी विक्रीका लागि ७ वटा गाडीलाई अनुमति दिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।
कृषि उपज बजारमा हाल विर्तामोड क्षेत्रका लागि ३ तीनदिन सम्मलाई पुग्ने तरकारी रहेको बताइएको छ । आलु तथा सबै तरकारी जन्य सबै सामग्रीसहित लगभग २० टन भन्दा बढी रहेको स्थानीय व्यापारिले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोडमा घरघरमा तरकारी पुर्याइने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img