Homeसमाचारविद्यार्थीलाई हिंसा र दुव्र्यसनबारे सचेतना

विद्यार्थीलाई हिंसा र दुव्र्यसनबारे सचेतना

कचनकवल २४ माघ । बालबालिकालाई पनि महिला हिंसा तथा लागू औषध सम्बन्धी जनचेतना जगाउनुका साथै कानूनी व्यवस्थाबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको बालबालिका तथा महिला हिंसा विरुद्धको लागि हाम्रो अभियान कार्यक्रम कचनकवलस्थित पथरिया माविमा सम्पन्न भएको छ ।


एवीसी नेपाल झापा शाखा, साना मझौला साकोस र सामुदायिक प्रहरी साझेदारीको संयुक्त आयोजनामा सम्पन्न विद्यार्थी लक्षित कार्यक्रममा बालबालिका महिला हिंसा र कानूनी सचेतना सम्बन्धी अधिवक्ता लक्ष्मी खनाल कोइरालाले र लागू औषध दुव्र्यसन र तथा ओसार पसार सम्बन्धी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।
सोही कार्यक्रममा साना मझौला साकोसले पथरिया माविमा अध्ययनरत एकसय बढी बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।
कचनकवल गाउँपालिका वडा नं।–३ का वडाध्यक्ष विजयकुमार राजवंशीको अध्यक्षता र प्रहरी प्रवक्ता श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशेष अतिथि साना मझौला साकोसका अध्यक्ष देविका बस्नेत, एवीसी नेपाल झापाका अध्यक्ष कञ्चना ढकाल सिटौला, वीरता लेडी जेसीज पूर्व अध्यक्ष नम्रता रिजाल ढकाल, कचनकवल प्रहरी चौकीका इन्चार्ज राजेश श्रेष्ठ, लाइन्स क्लव अफ विर्तामोड लेडीका अध्यक्ष उर्मिला विमली खरेल लगायतले शुभकामना मन्तव्य राखेको एवीसी नेपालकी कोषाध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिनुभयो । विद्यालयका प्रधानअध्यापक कृष्ण शर्माले स्वागत गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविद्यार्थीलाई हिंसा र दुव्र्यसनबारे सचेतना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img