झापा २४ माघ । विर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक विविध कार्यक्रमसहित उत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।

विर्तामोडमा शुक्रबार आयोजित कार्यक्रमका बीच विभिन्न विधामा उत्कृष्टलाई सम्मान पुरस्कार तथा विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै बार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा पत्रकार तथा कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराई, सामाजिक क्षेत्रतर्फ तारा नमस्ते बालग्रामकी यशोदा पोखरेल चापागाँई, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारी, सहकारी कर्मचारी विर्तामोड नगरपालिकाका सहकारी विभाग प्रमुख डिल्ली दाहाल, जिल्ला बचत संघ तथा सहकारी संघका केन्द्रीय सदस्य घनश्याम अधिकारी, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललाई जनहि नगद सात हजार पाँचसय सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यसैगरी सहकारी लघुवित्त कार्यक्रममा आवद्ध भइ विभिन्न क्षेत्रमा उत्कृष्ट हुने कृषि क्षेत्रबाट सुरुङ्गाकी रञ्जु मिश्र थपलिया, व्यवसायतर्फ विर्तामोडका मित्र घिमिरे, सेवा केन्द्र अन्तरगत उत्कृष्ट सेवाकेन्द्रका रुपमा गौरादह सेवा केन्द्र, लघुवित्ततर्फ उत्कृष्ट हुने तीनवटा क्रमशः स्वावलम्बन महिला समूह, मिलन स्वावलम्बन महिला समूह र सरस्वती स्वावलम्बन महिला समूहलाई सम्मान नगद राशी, दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

त्यसैगरी विभाग, आन्तरिक र बाह्रय तथा लघुवित्त तर्फका उत्कृष्ट कर्मचारीहरु कृष्णप्रसाद कडरिया, इन्दिरा भट्टराई, वेदप्रसाद आचार्य, भानुदेवी रिजाल, गोकर्ण घिमिरे, सुकमाया राई र दुर्गा पौडेललाई वर्षोत्कृष्ठ कर्मचारीका रुपमा जनहि पाँचहजार एकसय राशीसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरिएको थियो । सम्मानित तथा पुरस्कृत सबैलाई कार्यक्रमका प्रमुख अतिथि भूमि सुधार कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर राना, सिम्रिक सहकारी संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत लगायतले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बहुजाति बहुसांस्कृतिक नाटक घर र तारा नमस्ते बालग्रामलाई सहयोग स्वरुप नगद ५१/५१ हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भूमि सुधार कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर राना, ज्ञानुराम प्रसाई, सम्मानितका तर्फबाट डिल्ली दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सहकारीका सचिव सुवास भट्टराईलेले सञ्चालन गरेको कार्यक्रममा स्वागत इन्द्रबहादुर कार्कीले गर्नुभएको थियो भने संस्थाका गतिविधिबारे अध्यक्ष कमलबहादुर बस्नेतले प्रकाश पार्नुभएको थियो ।

































































































