Homeसमाचारशिर उच्च राख्ने मन्त्री गजमेरको प्रतिवद्धता

शिर उच्च राख्ने मन्त्री गजमेरको प्रतिवद्धता

झापा १७ माघ । सामाजिक विकास राज्य मन्त्री जशमाया गजमेरले महिला र दलितको शिर उच्च हुने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।


दलित महिला सञ्जाल झापाको आयोजनामा विर्तामोडमा सम्पन्न सम्मान तथा दलित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गजमेरले जातिय विभेद, लैङ्गिक विभेदबारे आफू जानकार रहेको धारणा राख्दै आफ्नो पदीय जिम्मेवारी बहन गर्दा महिला, दलित वा अरु कसैले पनि निहुराउनुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता जनाउनु भएको हो ।
सो अवसरमा सहभागी वक्ताहरुले दलितले अझै पनि अधिकार प्राप्त गर्न नसकेको बताएका थिए । दलित आन्दोलनको केही उपलब्धि भएपनि प्राप्त उपलब्धीबाट चित्त बुझाउने अवस्था नरहेको उनीहरुको भनाई थियो । संरचनाका हिसावले राज्यले दलितको प्रतिनिधित्व गराएपनि दलित समुदायका प्रतिनिधिले उठाएका कुरा सुनुवाई हुन नसकेको भन्दै अधिकार प्राप्तीका लागि अझैपनि जागरुक जरुरी रहेको वक्ताहरुको धारणा थियो । संविधानले कसैलाई पनि विभेद नगरेको भएपनि व्यवहारिक कार्यान्वयनमा आउन नसकेको प्रति चिन्ता व्यक्त गर्दै कतिपय अवस्थामा संविधान कार्यान्वयनको जिम्मेवारी बोकेर हिंडेका स्थानीय तहका दलित इतरका जनप्रतिनिधिहरुले नै संविधानको उल्लंघन गरेको उनीहरुको आरोप थियो ।
कार्यक्रममा प्रमुख अतिथि जसमाया गजमेर, जिल्ला समन्वय समिति झापाका संयोजक सोम पोर्तेल, नेकपा जिल्ला प्रतिनिधि प्रेमबहादुर गिरी, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महातारा प्रसाई, दलित संघर्ष समितिका संयोजक टिका दियाली, उत्पीडित अधिकार मञ्च झापाका अध्यक्ष टिकाराम मंग्राती, छविलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दलित महिला सञ्जाल झापाकी हर्कमाया विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित महिला सञ्जाल झापा, उत्पीडित अधिकार मञ्च लगायत दलित समुदाय आवद्ध विभिन्न संघ–संस्थाले मन्त्री गजमेरलाई सम्मान–पत्रसहित दोसल्ला र अविर लगाएर सम्मान गरेका थिए । रिता महरा स्वागत गरेको कार्यक्रमको सञ्चालन निरु परियारले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशिर उच्च राख्ने मन्त्री गजमेरको प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img