Homeसमाचारकांग्रेस उम्मेद्वारलाई मतदान गर्न आग्रह

कांग्रेस उम्मेद्वारलाई मतदान गर्न आग्रह

झापा २५ पुस । नेपाली कांग्रेस झापाले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका उम्मेद्वारलाई मतदान गर्न आग्रह गरेको छ ।
नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति राम कट्टेलको सभापतित्वमा स्थानीय तहका जनप्रतिनिधि, राष्ट्रियसभाका लागि प्रदेश–१ अन्तर्गत खुल्लातर्फका उम्मेद्वार राजेन्द्र घिमिरे सहभागी सम्पन्न बैठकले राष्टिूयसभा निर्वाचन दलीय निर्वाचन नभएकाले सक्षम ब्यक्तिलाई मतदान गर्न आह््वान गरेको हो ।
वैठकले आगामी माघ ९ गते हुने निर्वाचनमा सबै गाउँ÷नगरका सभापति, उपसभापति, प्रदेश सांसदलाई विराटनगरमा उपस्थित भई कांग्रेसको पक्षमा मतदान गर्दै सहमति र सहकार्यको राजनीतिलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
यसैबीच नेपाली कांग्रेस झापाले प्रतिनिधिसभामा प्रस्तावित सूचना प्रविधि सम्बन्धि ऐन(२०७५) संविधानको मर्म र भावना विपरित भएको ठहर गर्दै आगामी माघ ५ गते जिल्ला प्रशासन कार्यालय झापामा विरोधपत्र बुझाउने निर्णय गरेको छ । सूचना प्रविधि विधेयक फिर्ता गरेर संशोधन गर्न माग गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार माघ ५ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम अन्तर्गत हुने उक्त कार्यक्रममा ब्यापक जनसहभागीताका लागि झापा कांग्रेसले आह््वान पनि गरेको छ ।
सरकारले ल्याउन लागेको उक्त विधेयकले नागरिकको अभिब्यक्ति स्वतन्त्रता तथा मौलिक हक समेत समाप्त पार्ने तथा ब्यक्तिगत गोपनियता समेत नरहने अवस्था देखिएको ठहर गर्दै बैठकले विधेयक संसोधन गर्न सरकारलाई आग्रह समेत गरेको छ ।
कम्युनिष्ट नेतृत्वमा गठन भएको सरकारले २२ महिना नवित्तै मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि लगायतका विभिन्न विधेयकमार्फत नागरिक अधिकार कुण्ठित गर्दै निरंकुश शासन सञ्चालनको अभ्यास गरिरहेकोप्रति वैठकको ध्यानाकर्षण भएको का.वा. सभापति राम कट्टेलले जानकारी दिनुभयो ।
बैठकले नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य तथा अनारमनी गाविसका पूर्व अध्यक्ष हर्कलाल गिरीकी धर्मपत्नी विनु गिरी र क्रियाशिल सदस्य बाह्रदशी गाउँपालिकाका कैला ठाकुरप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारमा शोकसमवेदना ब्यक्त गर्ने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेस उम्मेद्वारलाई मतदान गर्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img