Homeसमाचारतुर्साको २४ औं स्मृतिदिवस

तुर्साको २४ औं स्मृतिदिवस

दुर्गापुर २० पुस । प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा स्व. तुर्सा हेमरमको २४ औं स्मृतिदिवस विविध कार्यक्रम गरी मनाइएको छ । तुर्सा हेमरम स्मृति भवन सुरुङ्गामा आयोजित एक कार्यक्रमका बीच तुर्सा हेमरमले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको चर्चासँगै सन्थाल जातजातिको सांस्कृतिक नृत्यसहित धनुषकाँड प्रतियोगिता गरी हेमरमको स्मरण गरिएको हो ।
तुर्सा हेमरम स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद सिताराम मेहताले तुर्सा हेमरम वी.पी.का समकालीन नेता भएको चर्चा गर्दै वी.पी., सि.के, र तुर्सा हेमरमले प्रजातन्त्र प्राप्तिका लागि अनुकरणीय कार्य गरेको चर्चा गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा पूर्व सांसद डिल्ली सिटौलाले तुर्सा हेमरम प्रजातन्त्रप्रति निष्ठावान नेता भएको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र वी.पी., सि.के, तुर्सा हेमरमजस्ता प्रजातन्त्रवादी नेताहरुको शपना पूरा गर्न कांग्रेस नेताहरुलाई एकजुट हुन सुझाव दिनुभयो ।


कार्यक्रमका विशेष अतिथि तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले वी.पी.ले अत्यन्तै विश्वास गरेका नेताहरुमध्ये तुर्सा हेमरम एक रहेको चर्चा गर्दै वी.पी.ले कल्पना गर्नुभएको प्रजातान्त्रिक समाजवाद कार्यान्वयन आजको आवश्यकता रहेको धारणा राख्नुभयो ।
सबै जातजाति, भाषाभाषी, वर्ग, क्षेत्रको समृद्धि र सबै जातजातिको सांस्कृतिक संरक्षण तथा समुन्नतिले मात्रै देशको समुन्नति सम्भव हुने भन्दै शिवाकोटीले वी.पी.ले पार्टीभित्र समावेशी सहभागितालाई सुनिश्चित गरेको इतिहास स्मरण गर्नुभयो ।
तुर्सा हेमरम स्मृति प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका हरिलाल मेहता, लालीप्रसाद मेहता, नेपाली कांग्रेस झापाका भातृ संस्था समन्वय विभाग प्रमुख देउमान थेवे, प्रचार विभाग प्रमुख लोकराज ढकाल, पूर्व सांसद विश्वदीप लिङदेन लगायत नेपाली कांग्रेस झापाका सदस्य, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, भातृ संघसंस्थाका प्रमुखहरु, क्षेत्रीय समितिका सभापति लगायतको उपस्थिति रहेको क्षेत्र नं–४ का क्षेत्रीय सचिव शिवकुमार कडेलले जानकारी दिनुभयो ।
प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत लखन हेमरमले गर्नुभएको थियो । वि.सं. १९८० सालमा जन्मनुभएका तुर्सा हेमरमको वि.सं २०५२ साल पुस २० गते निधन भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतुर्साको २४ औं स्मृतिदिवस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img