Homeसमाचारहिन्दु जागरण सम्बन्धी बृहत सम्मेलन भद्रपुरमा सम्पन्न

हिन्दु जागरण सम्बन्धी बृहत सम्मेलन भद्रपुरमा सम्पन्न

भद्रपुर २१ चैत्र । झापाको चन्द्रगढीमा हिन्दु धर्मको सांगठनिक विस्तार गर्दै हिन्दु जागर ल्याउने उदेश्यले विश्व हिन्दु परिषद् भद्रपुर नेपालले वृहत् हिन्दु सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनको भद्रपुर नगरप्रमुख गणेश पोखरेलले उद्घाटन गरेको कार्यक्रमको औैचित्य माथि प्रकाश पार्दै परिषद्का कोशी प्रदेश सदस्य ईश्वर पोखरेलले सनातन हिन्दु धर्मको सबैले संरक्षण गर्दै हिन्दु राष्ट्र नेपाल हुनुपर्नेमा जोड दिनुभयो।
धर्म जागरण प्रमुख श्रीकान्त त्रिपाठीले आफ्नो प्रवचन प्रदान गर्दै देशमा राजनीतिक दलहरुले हिन्दु राष्ट्र मास्न खोजे पनि संभव नरहेको बताउदै सच्चा हिन्दु वादीहरुले धर्मको संरक्षण गर्दै लैजानु पर्ने बताढनु भयो । कार्यक्रममा परिषद कोशी प्रदेश प्रशिक्षण प्रमुख खिनमाया फुयाल पाण्डे र झपा जिल्ला संस्कार प्रमुख आशा पोखरेलले संयुक्त रुपमा एकल गित समेत प्रस्तुत गर्नु भएको थियो । परिषद् नगर अध्यक्ष छत्र अधिकारीको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन भागिरभ नेपालले गर्नु भएको थियो ।
उपाध्यक्ष गोविन्द लम्सालले मन्तव्य राखेको कार्यक्रममा भद्रपुर वार्ड न ८ का वार्ड अध्यक्ष गौरब सुब्बा ,कार्यक्रम संयोजक हेमप्रसाद खनाल , नगरपालिका बाल संस्कार केन्द्रका भजन टोली , भद्रपुरका ६ वटा वार्डमा कार्य क्षेत्र रहेको संगठनमा आबद्ध कार्कर्ता लगायतको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहिन्दु जागरण सम्बन्धी बृहत सम्मेलन भद्रपुरमा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img