शनिश्चरे २० चैत । साहित्यकार कृष्ण धराबासीलाई दीर्घ साहित्य सेवा सम्मान गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिले यसवर्ष साहित्यकार धराबासीलाई सम्मान गरिएको हो ।
अर्जुनधारा नगरपालिकामा आयोजित साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोहमा आज साहित्यकार धराबासीलाई प्रमुख अतिथि बरिष्ठ साहित्कार प्रकाश बुढाथोकी, नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेलगायतले नगद एकलाख एकहजारसहित सम्मानपत्रले सम्मान गरेका थिए ।
नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको समारोहमा कार्यक्रमको उद्देश्यसहित औचित्यमाथि प्रकाश उपप्रमुख खड्गमाया पराजुली पारेकी थिइन् । स्वागत समितिकी संयोजक कन्चना काफ्लेले गरेको कार्यक्रमको सञ्चालन प्रशासनका कर्मचारी सौजन कटुवालले गरेका थिए । उक्त पुरस्कारबाट यसअघि २०७७ मा सरोजकुमार ओली, २०७८ मा बिष्णुकुमार भट्टराई, २०७९ मा कालीबहादुर थापा, २०८० मा हस्त परियार र २०८१ मा कृष्ण बराल सम्मानित भइसकेका छन् ।
सम्मान कार्यक्रमअघि साहित्य विमर्शसमेत गरिएको थियो । कार्यक्रममा साहित्यकार चन्द्र भण्डारी, सीमा आभाष र दिपेन्द्र आचार्य वक्ताको रुपमा रहेका थिए भने बहस सहजकर्ता सन्तोष आचार्य रहेका थिए । साहित्यकारहरुले कविता, गीत, गजललगायत प्रस्तुत गरेका थिए ।
साहित्यकार कृष्ण धराबासीलाई दीर्घ साहित्य सेवा सम्मान

































































































