HomeFeatured 2बिर्तामोडमा मनाइयो नवौं नेवाः विश्व दिवस

बिर्तामोडमा मनाइयो नवौं नेवाः विश्व दिवस

बिर्तामोड १५ चैत । बिर्तामोडमा ९ औ नेवाः विश्व दिवस मनाइएको छ । बिर्तामोडमा बसोबास गर्ने नेवार समुदायको संस्था नेवा: पासा मुना पुचः भातृ संस्थाहरु नेवाः मिसा पुचः र नेवाः ल्याम्ह पुचः लगायतले सामुहिक रुपमा भेला भएर ९ औ नेवाः विश्व दिवस मनाइएको हो।
नवौं नेवाः विश्व दिवसको अवसरमा बिर्तामोड नगरपालिका वडा नं ४ रहेको नेवाः पासा मुना पुचः को आफनै भवन नेवाः छे मा शुभकामना आदानप्रदान , धिमेबाजा सहित नगर परिक्रमा पश्चात नेवाः छे प्रांगणमा दिप प्रज्ज्वलन गरी कार्यक्रम समापन गरिएको थियो।
नेवारी कला, भाषा, साहित्य, संस्कार, खानपान र भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्नका लागि नेपाल लगायत विश्वभर बसोबास गर्ने नेवार समुदाय एकजुट भएर सामुहिक पहलमा अंग्रेजी बर्ष २०१८ देखी यो दिवस मनाउन शुरु गरिएको हो।
अंग्रेजी मार्च महिनाको अन्तिम शनिबार यो दिवस मनाउने गरिन्छ। यो दिवसको अवसरमा नेवार समुदायले भोज गर्ने, आफ्नो कला संस्कृति प्रदर्शन गर्ने , अग्रजलाई सम्मान गर्ने आदि गर्दछन्।
नेवाः पासा मुना पुचः बिर्तामोडले पनि २०२४ देखि बिर्तामोडमा नेवाः विश्व दिवस मनाउदै आएको छ। आगामी दिनहरुमा अझ परिष्कृत ढंगले यो मनाउने योजना रहेको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोडमा मनाइयो नवौं नेवाः विश्व दिवस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img