Homeसमाचारदुर्घटनाको कारण सडक क्षमता भन्दा बढी सवारी

दुर्घटनाको कारण सडक क्षमता भन्दा बढी सवारी

झापा ६ पुस । सडकको क्षमता भन्दा बढी सवारीको चापका कारण सवारी दुर्घटनामा बृद्धि भएको सरोकारवालाहरुले बताएका छन् ।
प्रदेश–१ स्तरिय रिपोर्टस् क्लब विर्तामोडले आयोजना गरेको सवारी दुर्घटना बढ्नुका मुख्य कारणबारे आफ्ना धारणा राख्दै सरोकारवालाले सडकमा सवारीको चाप बढेपनि सडक क्षमता नबढेका कारण सवारी दुर्घटना रोक्न नसकिएको धारणा राखेका उनीहरुले सवारीसंग सम्बन्धित विषयबारे विद्यालय तहको शिक्षामै समेटिनु पन साझा धारणा राखेका छन् ।
सडक क्षमता अनुसारमात्र सवारी अनुमति दिनुपर्नेमा राज्यले त्यसो नगरेका कारण पनि समस्या भएको भन्दै दुर्घटना न्युनिकरणका लागि राज्यस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख गोपीचन्द्र बोहराले चालकको लापरवाही, ओभरलोड, ओभरस्पिड, अस्वस्थ्य प्रतिष्पर्धा लगायतका कारणले दुर्घटना हुने गरेको बताउँदै सडक पनि सुरक्षित नभएको बताउनु भयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमनाथ अधिकारीले ठूला सवारी भन्दा साना सवारी साधन दुर्घटनामा बढी संलग्न रहेको जानकारी दिनुभयो । सवारी साधनको तुलनामा ट्राफिक जनशक्ति अत्यन्तै न्यून रहेका कारण दुर्घटना नियन्त्रणमा कठिनाई भएको उहाँको भनाई थियो । सवारी साधन बढेपनि सडकको क्षमता नबढ्नु तथा ट्राफिक जनशक्ति कम भएकाले पनि दुर्घटना रोक्न कठिन भएको बताउनु भयो ।
त्यस्तै राष्ट्रिय उपभोक्ता मञ्चका झापा अध्यक्ष मदनगोपाल सुब्बाले सवारी ऐन फितलो हुनु नै दुर्घटनाको प्रमुख कारण रहेको औल्याउनु भयो । दुर्घटनाको स्वतन्त्र अनुसन्धान गर्न ट्राफिक प्रहरीलाई दिने र चालकलाई अत्यधिक दण्डजरिवानाको ब्यवस्था गर्ने हो भने ९० प्रतिशत दुर्घटना कम हुने उहाँको दावी थियो ।
राष्ट्रिय यातायात ब्यवसायी महासंघका अध्यक्ष राजेन्द्र रिजालले काबुबाहिरबाट भएको दुर्घटना र लापरबाहीले भएको दुर्घटनाको अनुसन्धान गरी लापरबाहीले भएको दुर्घटनाका चालकलाई अत्यधिक कारबाही गर्नुपर्नेमा जोड दिए ।
विस्कुन, छाडा चौपाया, निर्माण सामग्रीको भारसमेत सडकले थेग्नुपर्ने अवस्थाको अन्त्य गर्दै राष्ट्रिय राजमार्गलाई अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने ठाउँ सडक भएकाले निर्वाध सवारी सञ्चालनको ब्यवस्था मिलाउन जरुरीको उहाँको सुझाव छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदुर्घटनाको कारण सडक क्षमता भन्दा बढी सवारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img