HomeFeatured 2स्वरोजगार साकोसद्वारा क्षमता अभिबृद्धि तालिम,चारआली सेवाकेन्द्र तेस्रोपटक उत्कृष्ठ

स्वरोजगार साकोसद्वारा क्षमता अभिबृद्धि तालिम,चारआली सेवाकेन्द्र तेस्रोपटक उत्कृष्ठ

बिर्तामोड २ फागुन । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारी तथा बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ ।
बिर्तामोडस्थित जयेन्द्रप्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रममा इलाम, झापाका सेवा केन्द्रहरुमा कार्यरत कर्मचारी तथा बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बचत बृद्धि, व्यवस्थित कर्जा लगानी तथा ऋण असुली, संस्थाको दीगोपनामा कर्मचारीको भूमिका, सदस्य संख्याका आधारमा लगानी प्रतिशत, बचतको ब्याजदर लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतमा सम्पन्न तालिममा व्यवस्थापक रुपन चाम्लिङ, राजराजप्रताप भण्डारी लगायतले सहजीकरण गरेका थिए ।
उत्कृष्ठ कर्मचारी तथा उत्कृष्ठ शाखालाई सम्मान गरिएको थियो । झापा मोरङ र इलाममा समेत सेवा केन्द्र विस्तार गरेको स्वरोजगारको चारआली सेवा केन्द्रले उत्कृष्टतामा ह्याट्रिक गरेको छ । बचत, ऋण लगानी तथा असुलीका लागि संस्थाले दिएका मापदण्डमा उत्कृष्ठता प्रदर्शन गर्दै चारआली सेवा केन्द्र निरन्तर तेस्रो पटक सम्मानित भएको हो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मनोज भट्टराईले संस्थाको गतिविधिबारे जानकारी गराउँदै सहकार्यमा परिवारलाई पनि जोड्न आग्रह गरे । संस्थाले प्रदान गर्ने सेवा सुविधामा परिवार जोडिन नसक्दा कतिपय अवस्थामा खल्लो महशुस भएको बताउँदै कर्मचारीका परिवारलाई पनि जोड्न सुझाएको बताइएको छ ।
सञ्चालक समिति सदस्य भोला परियारले स्वागत गरेको कार्यक्रममा बुधबारे, राजगढ, गरामनी, खुदुनावारी, दानावारी ,शनिश्चरे लगायतका सेवा केन्द्रका कर्मचारीहरुको सहभागिता रहेको अध्यक्ष बस्नेतले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्वरोजगार साकोसद्वारा क्षमता अभिबृद्धि तालिम,चारआली सेवाकेन्द्र तेस्रोपटक उत्कृष्ठ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img