HomeFeatured 2ताप्लेजुङ झापा सरोकार समाजको आयोजनामा आँखा शिविर सम्पन्न

ताप्लेजुङ झापा सरोकार समाजको आयोजनामा आँखा शिविर सम्पन्न

बर्ने २७ पुस । ताप्लेजुङ झापा सरोकार समाजको आयोजनामा झापाको बुद्धशान्ति ४ बर्नेमा आँखा शिबिर सम्पन्न भएको छ ।
स्थानीय गणेश माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा स्थानीय १सय ८५ जनाले आँखा परीक्षण गराएका थिए । जसमध्ये १० जनामा मोतिया विन्दुको समस्या देखिएको आयोजक संस्थाका सचिव ढाँचाराज कडरियाले जानकारी दिनुभयो ।


संस्थाका अध्यक्ष होमप्रसाद काफ्लेको अध्यक्षता आयोजित आँखा शिविरको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शेरबहादुर रायले उद्घाटन गर्नुभएको थियो ।
मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको शिविर उद्घाटनमा प्रमुख अतिथि राय, आँखा अस्पतालकी अफिसर कविता कार्की कडरिया लगायतले मन्तव्य राखेका थिए । शिविर आयोजक संस्थाका उपाध्यक्ष शिव खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन ढाँचाराज कडरियाले गर्नुभएको थियो ।
शिविरमा औषधी निः शुल्क वितरण गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2ताप्लेजुङ झापा सरोकार समाजको आयोजनामा आँखा शिविर सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img