Homeसमाचारनागरिक सहकारी अस्पतालको सेवा बैशाखदेखि

नागरिक सहकारी अस्पतालको सेवा बैशाखदेखि

बिर्तामोड २६ पुस । सामुहिक लगानीमा अस्पताल सञ्चालनको परिकल्पनासहित बिर्तामोडमा शुरु भएको नागरिक स्वास्थ्य सहकारीले आगामी बैशाखदेखि स्वास्थ्य सेवा सुचारु गर्ने तयारी गरेको छ । संस्थाको शनिवार सम्पन्न पाँचौं बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष युवराज दाहालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य सेवा सुचारुबारे जानकारी दिनुभएको हो ।
संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षता तथा मोरङ सहकारी अस्पतालका अध्यक्ष विकास अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष दाहालले भौतिक संरचना निर्माणदेखि सेवा गत असार मसान्तसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सर्वसुलभ ढंगले नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले बिर्तामोड ४ मा ११ कठ्ठा जमिन लिजमा लिएर २०७७ सालमा निर्माण प्रारम्भ गरिएको अस्पतालको भवन निर्माणाधिन अवस्थामा छ । संस्थामा गत असार मसान्तसम्ममा २७४ शेयर सदस्य रहेका छन् । स्थापना कालदेखि अहिलेसम्ममा शेयरबापत तीनकरोड ७१ लाख ५३ हजार रुपैयाँ संकलन भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्माण कार्य अधुरै रहेको भवनमा हालसम्मको भुक्तानी दायित्व ७० लाख रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
तीन प्रकारको शेयर रकम निर्धारण गरेको संस्थाले न्यूनतम शेयर प्रतिव्यक्ति न्यूनतम एकलाख २५ हजार देखि तीनलाख २५ हजार र पाँचलाख २५ हजार निर्धारण गरेको जनाएको छ । निर्माणाधिन अस्पताल आसपासबा स्थानीय र शेयर सदस्य र तिनका परिवारलाई अस्पतालले दिने सेवा सुविधाबारे छलफल गरी प्रतिवेदन तयार पारिसकेको अस्पतालले सेवा प्रारम्भ गर्नका लागि आवश्यक सामग्रीको अध्ययन गर्न संस्थाका उपाध्यक्ष डा. प्रमोदकुमार साहको संयोजकत्वमा समिति गठन गरेको बताइएको छ ।
अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि अधिकारीले सहकारीद्वारा सञ्चालन हुने अस्पतालका चुनौति र संभावनाबारे बताउनु भएको थियो । कोषाध्यक्ष जीवन खड्काले स्वागत गरेको कार्यक्रममा पूर्व अध्यक्ष बलराम कार्की, बालरोग विशेषज्ञ डा. टंक बाह्रकोटी, स्वास्थ्य मन्त्रालयका पूर्व उपसचिव मुक्तिनाथ खनाल, राजकुमार पोखरेल लगायतले शुभकामना मन्तव्य राख्दै नागरिकको लगानीमा सञ्चालन हुन लागेको अस्पतालका चुनौति र नागरिकको जिम्मेवारीका बारेमा आ आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव रविन्द्र भट्टराईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनागरिक सहकारी अस्पतालको सेवा बैशाखदेखि
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img