Homeसमाचारपूर्व राजाको स्वागतमा हजारौं चन्द्रगढीमा

पूर्व राजाको स्वागतमा हजारौं चन्द्रगढीमा

झापा २ पुस । पूर्वी तराईका विभिन्न धार्मिक स्थलहरुको दर्शन तथा पूजा अराधना सहित शुभेच्छुकहरुलाई भेट्न झापा आइपुग्नु भएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई चन्द्रगढी विमान स्थलमा भव्य स्वागत गरिएको छ ।
बुधबार श्री एयर लायन्सबाट चन्द्रगढी विमानस्थलमा उत्रिनु भएका शाहलाई उहाँका समर्थक तथा शुभचिन्तकहरुले भव्य स्वागत गरेका हुन् ।
‘राजा आउ देश बचाऊ’ हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, जस्ता विभिन्न नाराहरु लगाउँदै हजारौंको संख्यामा विमानस्थल पुगेका शिव सेना, कफन लगायत विभिन्न हिन्दुवादी संघ संस्थाका समर्थकहरुले पूर्व राजा ज्ञानेन्द्र तथा कोमललाई स्वागत गरेका हुन् ।
विमानस्थलमा विहान ९ बजे देखिनै भेला भएर हजारौको संख्यामा उपस्थित भएका पूर्व शाहीकालिन मन्त्री बद्रीप्रसाद मण्डलसहितको उपस्थिति रहेको भीड नियन्त्रण गर्न सुरक्षा कर्मीलाई हम्मे–हम्मे परेको थियो ।
विगत बर्षहरुको जस्तै यस बर्ष पनि जाडो मौसममा झापा आउनु भएका राजाले उहाँको निजी निवास हिमालय टी स्टेट दमकमा बसेर झापासहित पूर्वका धार्मिक स्थलहरुमा पूजा अर्चना समर्थक तथा शुभेच्छुकसंग भेटघाट गर्ने कार्यक्रम रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष अमरबहादुर विष्टले बताउनु भयो । पूर्व राजा ज्ञानेन्द्र शाह १५ दिन देखि २ महिनासम्म झापामै रहन सक्ने बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपूर्व राजाको स्वागतमा हजारौं चन्द्रगढीमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img