Homeसमाचार१७ वटा एम्बूलेन्स अनुगमन गर्दा ६ संस्थाका ७ नियन्त्रणमा

१७ वटा एम्बूलेन्स अनुगमन गर्दा ६ संस्थाका ७ नियन्त्रणमा

झापा २ पुस । मापदण्ड विपरित सञ्चालन गरिएका झापाका विभिन्न ६ वटा संघसंस्थाका ७ वटा एम्बुलेन्सलाई प्रशासनले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा एम्बूलेन्स सञ्चालन अनुगमन समितिले गरेको अनुगमनका क्रममा नियम विपरित सञ्चालन गरिएको पाइएपछि सातवटा एम्बूलेन्सलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण निरौलाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि यदुचन्द्र दाहालको नेतृत्वमा खटिएको अनुगमन टोलीले विर्तामोड र दमकका १७ वटा एम्बूलेन्स अनुगमन ६ संस्थाका गर्दा ७ वटा नियन्त्रणमा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाँईले जानकारी दिनुभयो ।
टोलीले विर्तामोडस्थित मेची मोडल हस्पिटल, नवदुर्गा सामुदायिक प्रतिष्ठान कनकाई, भगवती सेवा समाज चारपाने, ज्ञानकुन्ज सार्वजनिक गरामनी, कालिकापीठ कालिस्थान र लक्ष्मी रञ्झना स्मृतिसेवा विर्तामोडद्वारा सञ्चालित–२ वटासहित ७ वटा एम्बूलेन्सलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
एम्बूलेन्स सञ्चालनमा वेतिथि बढेको भन्दै जिल्ला प्रशासनमा व्यापक गुनासो आउन थालेपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो । उहाँका अनुसार नियन्त्रणमा लिइएको एम्बूलेन्सले प्रक्रिया नपुर्याएसम्म प्रशासनकै नियन्त्रणमा रहने छन् ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा निस्किएको अनुगमन टोलीमा जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल रेडक्रस जिल्ला शाखाका प्रतिनिधि तथा पत्रकारहरुको संलग्नता रहेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार१७ वटा एम्बूलेन्स अनुगमन गर्दा ६ संस्थाका ७ नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img