Homeसमाचार४४ वर्षपछि पहिलोपटक वार्षिकोत्सव, पूर्ब अध्यक्षलाई सम्मान

४४ वर्षपछि पहिलोपटक वार्षिकोत्सव, पूर्ब अध्यक्षलाई सम्मान

बिर्तामोड १८ मंसीर । स्थापनाको ४४ वर्ष पछि बिर्तामोड उद्योग वाणिज्य संघले पहिलो पटक ४४ औं बार्षिकोत्सव मनाएको छ । झापा उद्योग वाणिज्य संघको शाखाका रुपमा बिर्तामोड उद्योग बाणिज्य संघको २०३८ सालमा भएको संघको बार्षिकोत्सव तथा स्थापना दिवस यो वर्ष पहिलो पटक मनाएको अध्यक्ष राजु न्यौपानेले बताए । उनका अनुसार २०३८ सालमा स्व. मन्तुराम जलानको अध्यक्षतामा स्थापना भएको थियो ।
संघका अध्यक्ष न्यौपानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट सदस्य निर्मल भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा संघको नेतृत्व गरेर आजको अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पु¥याएका पूर्व अध्यक्षलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमले संस्थापक अध्यक्ष स्व. मन्तुराम जलान (मरणोपरान्त) तथा पूर्व अध्यक्षहरू चतुर्भूज सरिया, वेदप्रकाश अग्रवाल, सुधीरकुमार शिवाकोटी, शिवप्रसाद पोखरेल, राजेन्द्रकुमार थापा, मोहन ढकाल, उमेश डालमिया, रामलोचन न्यौपाने, राजकुमार अग्रवाल, कुमार भट्टराई र बलराम कार्कीलाई सम्मान गरेको थियो । संस्थापक अध्यक्ष स्व. जलानको सम्मानपत्र उनका छोरा सजनकुमार जलानले ग्रहण गरे ।
वार्षिकोत्सवको अवसरमा केक काटेर खुशीयाली बाँडिएको कार्यक्रममा ‘द भ्वाइस किड्स सिजन ४’ का फस्र्ट रनरअप तथा बेस्ट परफर्मर स्मयन बजगाई र ‘सारेगमप लिटल च्याम्स सिजन २’ का सेकेन्ड रनरअप संस्कार सापकोटालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाई, झापाका निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसार्इँलगायत, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुर्भूज सरिया, उमेश डालमिया, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संगीत प्रस्तुतिसहितको कार्यक्रममा सम्मानित कलाकार स्मयन बजगाई र संस्कार सापकोटाले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले संघले पहिलो पटक भव्य रूपमा स्थापना दिवस मनाएकोमा अध्यक्ष न्यौपानेलाई धन्यवाद व्यक्त गर्दै, जेनजी आन्दोलनका कारण व्यवसायीको मनोदशा कमजोर बनेको उल्लेख गरे ।
उनले अहिलेको युवा पुस्ताले चाहेका उद्योग–व्यवसाय खोल्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए र आर्थिक नीति एकैढंगले निर्धारण गर्न राजनीतिक दलहरूलाई आग्रह गरे । कार्यक्रममा नेवाः पासा मुना पुचः बिर्तामोड नगर अध्यक्ष तथा संघका सदस्य दिनेश श्रेष्ठको संयोजनमा नेवार समुदायका युवायुवतीले धिमे बाजा बजाएर अतिथिहरूलाई स्वागत गरेका थिए। उनीहरुलाई संघको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो । उनीहरुलाई प्रदान गरिएको प्रश्ंसापत्र लाखे नाच तथा सांस्कृतिक संयोजक लक्ष्मी श्रेष्ठले ग्रहण गरे।
कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार४४ वर्षपछि पहिलोपटक वार्षिकोत्सव, पूर्ब अध्यक्षलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img