बिर्तामोड २५ कात्तिक । विपरित दिशाबाट आउदै गरेका दुईवटा मोटरसाईकल एकापसमा ठोक्किंदा भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ ।
कनकाई–३ नयाँ बस्तीको भित्री सडकमा भएको दुर्घटनामा परी सोही वडाका ३३ वर्षीय दिपक सिटौलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कात्तिक २४ गते नयाँ बस्तीबाट सुरुङ्गा पुल हुँदै टप्पु चोकतर्फ जाँदै गरेको प्र. १–०२–०५८ प ५०६३ नं. को मोटरसाईकल बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–०१५ प ४२१० न.को मोटरसाइकलसंग ठोक्किएको थियो ।
दुर्घटनामा टाउकामा चोट लागेका प्र. १–०२–०५८ प ५०६३ नं. को मोटरसाईकल चालक सिटौलालाई उपचारार्थ बिर्तामोडस्थित बि.एण्डसी हस्पिटल पुर्याइएको भएपनि चेकजाँचका क्रममा चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएका थिए ।
डाक्टरले चेकजाँच गर्दा मृत्यु भई सकेको घोषणा गरेको । दुर्घटनामा संलग्न दुबै मोटरसाइकल र ४२१० न.को मोटरसाइकलका चालक कन्काइ नगरपालिका ६ बस्ने बर्ष २३ का नितेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
मोटर साईकल दुर्घटनामा दिपकको मृत्यु

































































































