HomeFeatured 2चन्द्रगढी सामुदायिक वनकाे निर्वाचन सम्पन्न

चन्द्रगढी सामुदायिक वनकाे निर्वाचन सम्पन्न

भद्रपुर २२ कार्तिक । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आज सम्पन्न निर्वाचनमा १८५७ मत खसेको छ ।
चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा १९९५ जना मतदाता रहेको समूहको सम्पन्न निर्वाचनमा १८५७ मतदाताले मतदान गरेका हुन् ।
निर्वाचनका लागि प्रमुख राजनीतिक दल तथा स्वतन्त्र गरी ५ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए ।
अध्यक्षका लागि नेकपा एमाले र माओवादीको समर्थनमा अनुज खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा चुडामणि मैनाली, जेनजी युवाहरूको समर्थनमा राजु वराल, स्वतन्त्र रूपमा रमेश न्यौपाने र पुण्यप्रसाद पोखरेलले उम्मेदवारी दिएका थिए ।
यसैगरी उपाध्यक्षमा ४, सचिवमा ५, सहसचिव ५ र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै खुल्ला महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । ५ वटा क्षेत्र रहेको समूहमा २, ५ र ९ नम्वर क्षेत्रका सहसंयोजक निर्विरोध चयन भएका छन् भने अन्य क्षेत्रका संयोजक सहसंयोजकका लागि उम्मेदवारी परेको छ ।
झापाको सदरमुकाम भद्रपुर नगरपालिकाको वडा नं. ९ र १० मा अवस्थित २३८३ घर धुरी र ४३०.५९ हेक्टरमा फैलिएको यो वन २६ वर्ष अगाडिबाट समूहको स्वामितवमा आएको चारआली निचाझोडा जंगल अन्र्तगत रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चन्द्रगढी सामुदायिक वनकाे निर्वाचन सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img