विराटनगर ७ असोज । मोरङको विराटनगर महानगरपालिका–१७ स्थितबाट स्रोत नखुलेको अवैध रकम सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर १८ का ४१ वर्षीय बिरेन्द्र साह रहेको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।
भारतबाट नेपाल तर्फ आउदै गरेको को. ३८ प. ५८५१ नम्बरको मोटरसाईकल चालक साहलाई आज (मंगलबार) दिउँसो साढे १ बजेतिर अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लुकाई छिपाई राखेको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैँया सहित पक्राउ गरेको हो ।
स्रोत नखुलेको अवैध रकम सहित १ जना पक्राउ



















