बिर्तामोड ७ असोज । झापाको बिर्तामोड नगरपालिका –७ मा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरिएको छ । गएराति बिर्तामोड ७ स्थित खालबारीका स्थानीय अन्दाजी ३५ वर्षीय फुर्वा तामाङको सुतेको ठाउँमा हत्या गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तामाङको सोही ठाउँका स्थानीय बर्ष २८ का प्रेमकुमार राई र उनका दाजु रामकुमार राईले शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ । बसिला र खुकुरी प्रयोग गरेर तामाङको हत्या गरेको जनाइएको छ ।
घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग गरिएका हतियार खुकुरी र बसिला बरामद गरेको छ । हत्या गर्ने ब्यक्तिलाई स्थानीय गाउँलेले पक्राउ गरि प्रहरीको जिम्मा लगाएका छन् । समयमै प्रहरी नपुग्दा हत्यामा संलग्न प्रेमकुमार राईले मदिरा सेवन गरी अन्य स्थानीयलाई समेत हत्या गर्छु भन्दै आतंकित बनाएको स्थानीयले बताए ।
फुर्वाको हत्यामा संलग्न दुईजनालाई गाउँलेले लगाए प्रहरीको जिम्मा



















