अर्जुनधारा असाेज । अर्जुनधारा नगरपालिका–८ का स्थानीय कृष्ण शेर्मामाथि प्रदेश सरकारबाट आएको बजेटमा संयोजक भई घर निर्माण कार्य गराउँदा संलग्न मजदुरलाई तीन वर्षसम्म पनि ज्याला नदिएको गम्भीर आरोप लागेको छ।
पीडित मजदुर डिल्लीराम खतिवडाका अनुसार, उनी २०७९ सालमा शेर्मा संयोजक रहेको बेला गरिएको घर निर्माणमा काम गरेका थिए। उनले तीन वर्षअघि मेहनतपूर्वक घर निर्माणमा काम गरे पनि अहिलेसम्म एक रुपैयाँ पनि पारिश्रमिक नपाएको गुनासो गरेका छन्।
तीन वर्ष भयो मैले घर बनाउने काम गरेको, तर अहिलेसम्म पैसा पाएको छैन, खतिवडाले बताए।
न्यायका लागि खतिवडाले वडाध्यक्ष कुमार उप्रेती समक्ष कार्यालयमा तीन/चार पटक निवेदन दिँए पनि कुनै सुनुवाइ नभएको गुनासो गरे।
हामीजस्ता मजदुरको कुरा सुनिदिने कोही छैन, उनले भने, वडाध्यक्षले पनि बेवास्ता गर्नुभयो।
संयोजन गरिएको बजेट, तर मजदुरको बेवास्ता
२०७९ सालको स्थानीय निर्वाचन सम्पन्न भएलगत्तै तत्कालीन प्रदेशसभा सदस्य माननीय बिर्खबहादुर प्रधानको पहलमा १० वटा विपन्न परिवारका लागि घर निर्माण गर्न प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको थियो। उक्त बजेट वडाध्यक्ष कुमार उप्रेतीमार्फत सञ्चालित गरिँदै, निर्माण कार्यको संयोजनका लागि कृष्ण शेर्मालाई जिम्मेवारी दिइएको थियो।
खतिवडाका अनुसार, अर्जुनधारा नगरपालिका मा मात्रै करिब १० वटा घर निर्माण गरिएको थियो, जसमा वास्तविक रकम भने खुकेको छैन । उनीजस्ता मजदुरले हाजिरामा काम गरेका थिए।
हामीले तल सिमेन्ट, भाटा, र माथि जस्तापाता हालेर घर बनायौ खतिवडा भन्छन्, त्यो बेला हाजिरीमा नाम टिपेर काम गरायो। तर त्यसको पैसा अझै पाएनौं।
स्थानीयवासीहरू भन्छन्, यस्ता घटनाले जनप्रतिनिधिको जवाफदेहीपनप्रति गम्भीर प्रश्न उठाएको छ। उनीहरूका अनुसार, विकासका नाममा आउने बजेटको दुरुपयोग र मजदुर शोषणले भ्रष्टाचारलाई बढावा दिइरहेको छ।
डिल्लीराम खतिवडा भन्छन्, अब मिडियामार्फत आफ्नो आवाज उठाउने छन्।
अब मिडियामा बोल्ने हो, अन्यथा हामीजस्ता मजदुर सधैं शोषित भइरहन्छौं, उनले भने। संगठित भएर आवाज उठाउनु जरुरी छ।
शेर्मामाथि मजदुरकाे तीनवर्षकाे ज्याला नदिएकाे आराेप

































































































