Homeसमाचारनेवाः मिसा पुच:को भेटघाट तथा परिचयात्मक कार्यक्रम , मिसा खलः झापा गठन

नेवाः मिसा पुच:को भेटघाट तथा परिचयात्मक कार्यक्रम , मिसा खलः झापा गठन

बिर्तामोड १ असार । नेवा: मिसा पुच:को आयोजनामा नेवा: महिला भातृ संगठनहरु बीच भेटघाट तथा परिचयात्मक कार्यक्रम बिर्तामोडमा भएको छ ।
बिर्तामोडको ईन्द्रेणी ब्याङ्क्वेटमा एक कार्यक्रमको आयोजना गरी आयोजक संस्था नेवा: मिसा पुच:बिर्तामोड ,झिगु मिसा पुच दमक र नेवा: मिसा खल: काँकडभिट्टा बीच भेटघाट तथा परिचयात्मक कार्यक्रम भएको हो ।
संस्था संचालनका अनुभवहरू साटासाट, भातृ संस्थाहरु बीच सहकार्य, महिला शसक्तिकरण, सामाजिक एकताको उदेश्यले भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरिएको संस्थाकी अध्यक्ष निलम प्रधानले जानकारी दिनुभयो ।
उक्त भेटघाट तथा परिचयात्मक कार्यक्रममा नेवाः मिसा पुचः बिर्तामोड अध्यक्ष प्रधानको संयोजकत्वमा सरिता जोशी,अन्जना ताम्राकार,देविका श्रेष्ठ,शारदा प्रधान,निर्मला डंगोल र शारदा मास्के सम्मिलित ७ सदस्यीय नेवाः मिसा खलः झापा जिल्ला स्तरीय तदर्थ समिती गठन गरेको छ । समितिले झापाका अन्य खल गुथीहरूका सबै मिसा खलहरुलाई एकता गर्दै अघि बढने निर्णय गरेको छ ।
सस्थाकी अध्यक्ष निलम प्रधानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेवा: मिसा पुच:का मातृ संस्था नेवाः पासा मुना पुचः बिर्तामोड अध्यक्ष दिनेश श्रेष्ठ, नेवाः समाज समिती काकडभिट्टा अध्यक्ष कमल गुवाजु, झिगु समाज दमकका अध्यक्ष दिलिप श्रेष्ठले मनतव्य राख्नु भएको भने स्वागत कोषाध्यक्ष रेखा मास्के र संचालन सचिव दिपा श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रममा नेवा: पासा मुना पुच बिर्तामोड र झिगु समाज दमक र नेवा : समाज काँकडभिट्टाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति सहभागिता रहेको थियो।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेवाः मिसा पुच:को भेटघाट तथा परिचयात्मक कार्यक्रम , मिसा खलः झापा गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img