Homeसमाचारलक्ष्मी साकोसको मुनाफा एककरोड २८ लाख बढी

लक्ष्मी साकोसको मुनाफा एककरोड २८ लाख बढी

विर्तामोड । झापाको विर्तामोडस्थित लक्ष्मी बहुद्देश्यीय सहकारी संस्था लि. झापाले आर्थिक बर्ष २०७५/०७६ मा १ करोड, २८ लाख, ७३ हजार एकसय ३१ रुपैयाँ मुनाफा गरेको छ । संस्थाको २३ औं साधारणसभामा संस्थाका अध्यक्ष लीलाबहादुर कटुवालद्वारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदनमा आ.व. २०७६/०७७ मा संस्थाको मुनाफा बढाएर १ करोड ७६ लाख ७० हजार रुपैयाँ पुरयाउने लक्ष अघि सारिएको छ ।
विर्तामोडस्थित पाथीभरा सिने प्लाजामा आयोजित साधारणसभामा प्रस्तुत संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष बस्नेतले संस्थाको लाभांस कोषबाट १३.७३ प्रतिशत लाभांश वितरण गरिने जानकारी दिनुभयो । २०५३ सालमा ३८ जनाद्वारा स्थापित लक्ष्मी साकोसमा हाल ३८ सय शेयर सदस्य पुगिसकेका छन् ।

संस्थाका संस्थापक अध्यक्ष दिनेश मल्लको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिकाका सहकारी विभागका प्रमुख डिल्ली दाहाल, उद्योग बाणिज्य संघ प्रदेश नं–१ का सदस्य बलराम कार्की, कर्णाली बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टि.एस. प्रधान, जीवन बुढाथोकी, युवराज दाहाल, रुपक खनाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
शुभकामना राख्ने अधिकांश वक्ताहरुले सरकारले ल्याएको ‘एक सहकारी एक सदस्य’ नीति कार्यान्वयन अघि नै शेयर सदस्यहरुलाई एउटामात्रै सहकारी रोज्ने विकल्प दिइनुपर्नेमा जोड दिएका थिए ।
सरकारले ल्याएको ‘एक सहकारी एक सदस्य’ नीति लागू हुनेवित्तिकै प्रति सहकारी २ हजार सदस्य हुनैपर्ने ब्यवस्था छ भने न्यूनतम पूँजी समेत निर्धारण गरिएको छ । सदस्य संख्या र निर्धारित पूँजी ब्यवस्थापन गर्न नसके दुई वा दुईभन्दा बढी सहकारी संस्थाहरु मर्जमा जानसक्ने विकल्प सरकारले अघि सारेपछि सहकारी संस्थाका सञ्चालकहरुले सदस्यहरुलाई संस्था रोज्न साधारणसभा मार्फत नै आह्वान पनि गर्दै आएका छन् ।
संस्थाले आफ्नो २३ र्औ वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ठ बचतकर्तातर्फ मिना अधिकारी, शान्ता पौडेल, गोरखा सुपरमार्केट, पूर्णिमा राजवंशी, सुनिलकुमार शाह, अञ्जु श्रेष्ठ, जीवनप्रसाद दाहाल, रमेश के.सी र रामकुमारी प्रसाईलाई सम्मान गरेको छ । उत्कृष्ठ ऋणितर्फ रञ्जित राय, अब्दुल मिया, रुक्सुम अधिकारी, भीमादेवी श्रेष्ठ, मनोज चौधरीलाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई नगद रु २ हजार १ सय सम्मानपत्र प्रदान गरिएको थियो ।
यसैगरी शेयर सदस्यका सन्तानमध्येबाट एस.इ.इ. उत्तीर्ण सुवासना खड्का र दर्पण पोखरेललाई सम्मान गरिएको कार्यक्रममा उत्कृष्ठ कर्मचारीका रुपमा मञ्जिल घिमिरे र रुवीकुमारी महतोलाई जनही ५/५ हजार रुपैयाँसहित सम्मान पत्रद्वारा सम्मान गरिएको संस्थाका सदस्य उमा शिवाकोटीले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गणेशकुमार शाक्य र सञ्चालन सचिव सन्देश मल्लले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलक्ष्मी साकोसको मुनाफा एककरोड २८ लाख बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img