HomeFeatured 2सिदार्थ शिशु सदनले गर्यो विद्यार्थीको विदाई

सिदार्थ शिशु सदनले गर्यो विद्यार्थीको विदाई

भद्रपुर २२ चैत । झापाको भद्रपुर ५ स्थित सिदार्थ शिशु सदनले कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई एक कार्यक्रमका बीच बिदाई गरेको छ । विद्यालयका प्रिन्सिपल श्याम देवानको अध्यक्षता तथा आरोही ईन्भेष्टम्यान्टकना अध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा बिदाई गरिएको हो ।
शुक्रबार सगरमाथा चोकमा सम्पन्न कार्यक्रममा कम्प्युटर विज्ञान संकायका ६९ जना , होटल म्यानेजमेन्ट तर्फ ४८ र विजनेश स्टडिजतर्फका २० जनासहित एकसय ३७ जना बिद्यार्थीलाई विदाई गरिएको हो ।
सो अवसरमा विद्यार्थीले गीत तथा नृत्य सहितका विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पोखरेल ,विद्यालयका प्रबन्ध निर्देशक प्रकाश भण्डारी, विद्यालयकी शिक्षिका कमला भण्डारी लगायतले बोल्दै विद्यार्थीलाई स्वदेशमै काम गरि राष्ट्रियस्तरमा पहिचान बनाउन सुझाव दिनु भएको थियोे । कार्यक्रमको संचालन श्रेया भट्टराई ,योगेश अधिकारी र श्रेया थापाले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सिदार्थ शिशु सदनले गर्यो विद्यार्थीको विदाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img