Homeसमाचारगणतन्त्र मासेर राजतन्त्र फर्काउने बेकारको बहस : सिटौला

गणतन्त्र मासेर राजतन्त्र फर्काउने बेकारको बहस : सिटौला

दुधे १५ फागुन । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र मासेर राजतन्त्र ल्याउने कुरा असम्भव रहेको बताउँदै यस्तो बेकारको बहसमा समय नखर्चन आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको आयोजनामा विहीबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिटौलाले राजाको शासनकालमा जनताले दुःखमात्रै पाएको र अब पनि त्यो ब्यवस्था स्वीकार नगर्ने दावी गर्नुभयो । आवश्यकताको आधारमा संविधान संसोधन हुने र देश अघि बढ्ने उहाँको भनाई छ ।
‘सबैको हित हुने ब्यवस्था भनेकै लोकतान्त्रिक ब्यवस्था हो’– नेता सिटौलाले भन्नुभयो–‘लोकतन्त्र देश र जनताको समृद्धिका लागि ल्याइएको हो । जनताले यही सोचेर कठोर संघर्षमा साथ दिएका हुन् ।’ नेपाली कांग्रेस प्रतिकुलतालाई स्वीकार गरेर अघि बढेको र जनसंघर्षबाट प्राप्त लोकतान्त्रिक ब्यवस्था जोगाउन र देशको हित गर्न पार्टी सक्षम रहेको उहाँको भनाई छ ।
कांग्रेस पार्टी आफ्ना लागि नभई देश र जनताको भलाईका लागि हो भन्ने कुरा बुझ्न आग्रह गर्दै पूर्व महामन्त्री सिटौलाले पार्टीमा सन्तुलन, न्याय, दण्ड र पुरस्कारको निश्पक्ष ब्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो ।
पार्टीका सबै नेता कार्यकर्तालाई आपसी मेलमिलाप र सहकार्यका साथ अघि बढ्न आह्वान गर्नुभएका नेता सिटौलाले एकतामा मात्रै बलियो शक्ति बन्न सकिने स्पष्ट पार्नुभयो । जनप्रतिनिधिको जिम्मेवारीमा रहेका नेता÷कार्यकर्तालाई शहीदलाइ सम्झेर दुःखी र गरिव जनताको जीवनस्तर परिवर्तन हुने गरी कार्य गर्न आग्रह गर्नुभयो ।
दमनबाट समस्या समाधान नहुने बताउदै उहाँले वार्ता र संवादका माध्यमबाट पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले पार्टीको क्रियाशिल सदस्यता नवीकरण कार्यलाई तिब्रता दिन तहगत समितिहरुलाई आग्रह गर्दै आगामी फागुन मसान्तसम्ममा जिल्लामा बुझाइसक्ने आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो, झापाका उपसभापति केशवराज पाण्डे, महासमिति सदस्य भक्ति सिटौला र मचिन्द्र शेर्मा, महाधिवेशन प्रतिनिधि सन्तोष मेनेङ्बो लगायतले मन्तब्य राख्नुभएको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीका तर्फबाट तुला बोखिम, पदम थापा, भीम राई, सिता बास्कोटा, डिल्लीराम भण्डारी, समिर गौतम, सन्तकुमार खड्का, जापान थेवे, नारायण बजगाई, युद्धप्रसाद लामिछाने, प्रसाद सुब्बा, जगन कार्की, चन्द्र योङहाङ लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रमका अधिकांश बक्ताहरुले सुकुम्बासी समस्या समाधान गरिनुपर्ने, पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्थाको समयमै अधिवेशन गरेर चलायमान बनाउनुपर्ने, आम निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने माग गर्दै पार्टीबाट अवसर प्राप्त गरेकाहरु आफ्नै स्वार्थमा लागेको आरोप लगाएका थिए ।
यसैगरी पाथीभरामा भएको केवलकार विवाद, संसदमा बहसमा रहेका अध्यादेश, का विषयमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने धारणा राख्दै पार्टीमा वडैपिच्छे गुट–उपगुट देखिएकाले यसको अन्त्य गरिनुपर्ने माग गरेका थिए ।
शिवसताक्षी नगर सभापति अशोक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत रमेश राई र सञ्चालन होम दुलालले गर्नुभएको सूचना तथा प्रचार–प्रसार विभाग संयोजक रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगणतन्त्र मासेर राजतन्त्र फर्काउने बेकारको बहस : सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img