HomeFeatured 2दैनिक ६० जनाले लिन्छन् निःशुल्क डायलायसिस सेवा

दैनिक ६० जनाले लिन्छन् निःशुल्क डायलायसिस सेवा

भद्रपुर ६ फागुन । भद्रपुर–७ लेखनाथका मनोरञ्जन न्यौपाने १० वर्षदेखि निरन्तर मिर्गाैलाको डायलायसिस गराइरहनु भएको छ । १० वर्षअघि भारतको भेल्लोरमा उपचार गराउनु भएका उहाँले २०७४ सालयता निरन्तर भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलबाट हेमोडायलायसिस सेवा लिइरहेको बताउनु भयो ।
सोमबार हेमोडायलायसिसका लागि हस्पिटलमै समय कुरिरहेका ७० वर्षीय न्यौपानेले भन्नुभयो यहाँ सेवा शुरु भएदेखि नै यही डायलायसिस गर्न शुरु गरेको म आउँदा २ वटामात्र मेसिन थिए ।’ हप्तामा तीन पटकसम्म हेमोडायलायसिस गराउँदै आउनु भएका उहाँले थप्नुभयो, मेरो त घर पायक नै भएकोले सहजै छ, तर, बिर्तामोडसहित टाढा टाढाबाट पनि यही आएका छन् । ‘कर्मचारीको व्यवहारका कारण यहाँ आउने गरेको भन्छन् ।’
डायलायसिसका लागि भित्र पसेकी श्रीमती कुरेर बसिरहनु भएको थियो, अर्जुनधार–१ का मनबहादुर तामाङ । एकवर्षदेखि हेमोडायलायसिस गराउन शुरु गरेका मनबहादुरले यसअघि लागि काठमाडौंस्थित गौशालामा एउटा समुदायले सञ्चालन गरेको हेमोडायलायसिस सेन्टरमा पुगेको बताउनु भयो । तर, त्यहाँ चित्त बुझ्दो सेवाको अनुभूति नभएपछि सुमेरु अस्पताल सम्म पुगेर फर्केको बताउँदै भन्नुभयो, ‘गौशालामा गर्यौ त्यहाँ त्यति राम्रो लागेन, त्यहाँबाट सुमेरु अस्पताल पनि गयौं त्यहाँ पनि चित्त बुझ्दो पनि भएन्, खर्चिलो पनि भयो ।’ हेमोडायलायसिसका लागि बिर्तामोडकै अस्पतालहरु नजिक भएपनि सेवा प्रवाह राम्रो छ भन्ने सुनेपछि भद्रपुर पुगेको उहाँको भनाई थियो । श्रीमतीको मिर्गौला फेल भएपछि उपचारका लागि धेरै ठाउँ पुगेका तामाङले अहिलेको सेवाबाट भने चित्त बुझेको बताउनु भयो ।
तामाङसंगसंगै सोभादेवी निरौला पनि विरामीको अभिभावकका रुपमा हेमोडायलायसिस सेन्टर बाहिर बसिरहनु भएको थियो । ७५ बर्षीय उहाँका श्रीमान् अग्नीप्रसाद निरौलाको उही हस्पिटलमा डायलायसिस प्रक्रिया शुरु भइसकेको थियो । बाह्रदशी–४ का अग्नीलाई गतवर्ष पालिकाले ६–६ महिनामा दुईपटक ३०–३० हजार रुपैयाँ उपलब्ध गराएको थियो रे । यो वर्ष भने नपाएको श्रीमती सोभाले बताउनु भयो ।
मनबहादुर सोभा जस्ता धेरै जना विरामीको अभिभावकको रुपमा बाहिर देखिन्थे भने पालो कुरेर बसेका मनोरथ जस्ता विरामीको संख्या पनि उत्तिकै देखिन्थ्यो । निः शुल्क हेमोडायलायसिस सेवा पाउने भएसंगै ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा सेवाग्राहीको चाप बढ्दो छ । २२ वटा डाइलाइसिस मेसिन राखेको अस्पतालमा दैनिक ६० जनाले सेवा लिने गरेको बताइएको छ । नेपाल सरकारले मिर्गौला रोगीका लागि हेमोडायलायसिस सेवा निःशुल्क दिन थालेपछि धेरैलाई उपचार सहज भएको छ ।
झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा दैनिक ६० जना बिरामीले निःशुल्क सेवा पाइरहेका अस्पतालका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिनुभयो । सरकारले सञ्चालन गरेको विपन्न नागरिक उपचार कोषमार्फत मिर्गौलाका बिरामीले अस्पतालबाट निःशुल्क सेवा पाइरहेका छन् । दुवै मिर्गौलाले काम नगरेको अवस्थामा शरीरको रगत शुद्धीकरणका लागि चिकित्सकको सिफारिसमा बिरामीको हेमोडायलायसिस गराउनु पर्ने हुन्छ । नीजि क्षेत्रबाट झापामा यो सेवा उपलब्ध गराउने ओमसाई पहिलो तथा क्षमताका दृष्टिले प्रदेशकै ठूलो भएको सञ्चालकको भनाई छ ।
ओमसाई पाथिभरा अस्पतालमा हेमोडायलायसिसका लागि २१ वटा मेसिन सञ्चालनमा छन् । एकजना बराबर एकपटकमा चार घण्टाको समय लाग्ने र दैनिक तीन पटकमा औसत ६० जनाले सेवा पाएको दाहालले बताउनुभयो ।
अस्पतालबाट हाल एकसय ६७ जनाले नियमित डायलायसिस सेवा लिइरहेका छन् । सरकारको स्वास्थ्य बिमामा आबद्ध नरहेका बिरामीले समेत पालिकाको सिफारिसमा सेवा प्राप्त गर्ने अस्पतालले जनाएको छ ।
सरकारले निःशुल्क डायलायसिस सेवा दिएर नागरिकको ज्यान बचाइरहेको न्यौपानेले अस्पताल र सरकारप्रति आभार समेत व्यक्ति गर्नुभयो ।
कोशी प्रदेशकै ठूलो डायलायसिस उपचार केन्द्रका रूपमा परिचित ओमसाई पाथिभरा अस्पतालमा १८ देखि ८२ वर्षसम्मका बिरामीले नियमित रूपमा सेवा लिइरहेको जनाइएको छ ।
झापाको भद्रपुरका अतिरिक्त ओमसाईले बर्दिबास, लाहान, दमक, नेपाल भारत मैत्री हस्पिटल काठमाडौं लगायतका स्थानमा ओम साई हेमोडायलायसिस सेन्टर सञ्चालनमा ल्याएको छ भने इटहरी र काभ्रेमा प्रक्रियामा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2दैनिक ६० जनाले लिन्छन् निःशुल्क डायलायसिस सेवा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img