HomeFeatured 2नेवा: फुड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

नेवा: फुड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बिर्तामोड ३ फागुन । पूर्वको मुख्य व्यापारीक केन्द्र बिर्तामोडमा सातौं नेवारी खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम भब्यताका साथमा सम्पन्न भएको छ ।
नेवा: संस्था नेवा: पासा मुना पुच: बिर्तामोडले नगरमा हरेक बर्ष आयोजना गदैँ आएको एक दिवसीय नेवारी खाना महोत्सव तथा साँस्कृतिक कार्यक्रमलाई यस बर्ष सातौं पटक निरन्तरता दिएको हो ।
बिर्तामोड वन स्टप मल प्रांगणमा आज आयोजना गरिएको खाना महोत्सवमा बिर्तामोड -५ बंगलामुखी खाजाघरले (भट्मास फ्राई, साधेको भट्मास,बफ छोइला, बफ म:म ,बफ जिब्रो), नेवा: मिसा पुच : ले(सखरबाट बनाईएको यमरी ),मयजु पुच : ले(सादा बारा, सपु म्हिचा, अण्डा बारा ,मिक्स बारा),अनलाईन सेलरोटी तथा नेवा: खाजा घरले ( सेलरोटी , यमरी),अतिथि म :म सेन्टरले (बफ छोइला, कृष्पि चिकेन,जाते स्टिक, खाबो फ्राई,स्याफाले, माछा फ्राई ) ,पपुलर होटलले (बफ म:म तथा भेज म :म , नेवारी खाजा सेट ,बफ छोइला ),नेवा: देय् दवु अर्जुनधाराले ( यमरी , बफ म:म ) र दिपेन्द्र नेवारी खाजा घर बिर्तामोड ५ ले ( चिकन लली पप ,लेगपीस, विंग्स ,बफ भुटन, छोयला, चिकन तथा भेज म:म र चाउमिन ) लगायतका खानाका परिकारहरुको स्टल राखेका थिए भने अतिथि तथा दर्शकहरुले नेवारी खानाको स्वाद सगै सांस्कृतिक कार्यक्रमको मनोरञ्जन लिएका थिए।


सांस्कृतिक कार्यक्रममा नेवा : समाज समिति काकरभिट्टाबाट ठाकठुके तथा नेवारी नृत्य, नेवा:खल धरानबाट बाध्य बाधन,नेवा:खल पुच बाहुनडाँगी बाट गीत साथै मेन्डोलियन धुन, भद्रपुरबाट कथक नृत्य , नेवा : मुना पुच: बिर्तामोडबाट धिमे नृत्य , नेवारी नृत्य तथा गीतहरु साथै राष्ट्रिय कलाकारहरु ज्योति खाती , अर्जुन खरेल स्थानीय कलाकारहरु निरज पोखरेल, जितेन्द्र श्रेष्ठ,मिलन श्रेष्ठ,संजय श्रेष्ठ र उमेश पाण्डे लगायतको सांगितिक प्रस्तुति हेर्न दर्शकको भिड लागेको थियो।
संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथि नगर प्रमुख महतारा प्रसाई, बिशिष्ट अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जल कुमार गुरुङ , अतिथिहरु नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उधोग वाणिज्य संघका महिला उपाध्यक्ष गोमा भट्टराई र नेवा: समाज समिति काँकडभिट्टाका अध्यक्ष कमल गुवाजुले राख्नु भएको थियो। मन्तव्य राख्दै वक्ताहरूले मौलिक संस्कार र संस्कृतिलाई जोगाई राख्न नेवा: पासा मुना पुच:ले नगरमा संचालन गर्दै आएको कार्यक्रमहरू अत्यन्तै सुन्दर रहेको चर्चा गर्दै पुच: को यस अभियानमा आफुहरुको सधैं साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे । त्यसतै संस्थाका अध्यक्ष श्रेष्ठले संस्कार , संस्कृतिलाई जीवन्तता ,मौलिक परिकारहरूको प्रवर्दन सगै सबै माझमा नेवारी खानालाई परिचित गराउने उद्देश्यले हरेक बर्ष कार्यक्रमको आयोजना गर्दै आएको बताउनु भयाे ।


बिभिन्न व्यवसायिक संघ संस्था , संघ संगठन प्रमुखहरु , प्रतिनिधिहरू, व्यापारीहरू , पत्रकारहरू, संस्थाका पुर्व अध्यक्षहरु,नेवा : संगठनका काकडभिट्टा , भद्रपुर ,बाहुनडाँगी , अर्जुनधारा , सुनसरी प्रमुखहरूको बाक्लो उपस्थिती रहेको कार्यक्रममा स्वागत संस्थाकी कोषाध्यक्ष शर्मिला शाक्यले ,औचित्यमाथि प्रकाश कार्यक्रम संयोजक तारामणि श्रेष्ठ र संचालन सचिव मिलन शाक्यले गर्नु भएको थियो ।
कार्यक्रम सम्पन्न गर्नका बिर्तामोड नगरपालिका, बिर्तामोड उधोग वाणिज्य संघ, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई संस्था , आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, न्यु मिलन बचत तथा ऋण सहकारी संस्था, बिर्तामोड एकुकेशन फाउन्डेसन, फास्ट ट्रयाक कन्सल्टेन्सी, प्रभु बैंक, एकसलडेभलपमेन्ट बैंक,आईसी .एफ.सी फाईनान्स, कामना बिकास बैंक, कर्णाली साकोस, ग्लोबल नेपाल ट्रस्ट र लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सहयोग पुर्याएको आयोजक संस्थाले जनाएको छ ।
बिहान ११ बजे देखि सुरू भएको खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम राति ८ सम्पन्न भएको हो ।
यस अघि संस्थाले माघ महिनामा श्री पंचमीको अवसर पारेर सामुहिक बेलबिबाह ( ईही) कार्यक्रम गरेको थियो भने भाषा र संस्कृति संरक्षण मुख्य उदेश्य राखेर काम गर्दै आएको यस संस्थाले सकृय रूपमा हरेक बर्ष लाखे नाच ,धिमे नाच , बाजा ,ठाकठुके नाच , मौलिक खाना प्रशिक्षण , सुकुल भोज लगायतका कार्यकमहरू संचालन गर्दै आएको छ

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेवा: फुड फेस्टिवल तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img