Homeसमाचार'सिद्धिविनायक कर्मयोग भवन’ निर्माणको अन्तिम चरणमा, सहयोग आह्वान

‘सिद्धिविनायक कर्मयोग भवन’ निर्माणको अन्तिम चरणमा, सहयोग आह्वान

बिर्तामोड १ फागुन । नगरमै पहिलो पटक बिर्तामोड–४ मेघाबारी टोलमा निर्माण भइरहेको सिद्धिविनायक कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । परिवारका सदस्यको मृत्यु हुँदा गरिने काजकिरियाका लागि निर्माण भइरहेको उक्त कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
‘भवनको पहिलो तला निर्माण करिब अन्तिम चरणमा पुगेको छ,’ निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद (कमल) उप्रेतीले भने, ‘झ्याल ढोका फिटिङ र रंग रोकन बाहेक अन्य काम लगभग सकिएको छ ।’ सो क्षेत्रमा दुई बर्ष अघि राधिका दासीको प्रमुख वाचकत्वमा आयोजित सप्ताह पुराणमा संकलित रकमबाट कर्मयोग भवनका लागि सवा सोह्र धुर जग्गा खरिद गरि कर्मयोग भवन निर्माणको काम अघि बढाइएको पुराण आयोजक समितिका संयोजक भिमा शिवाकोटीले जानकारी दिइन् । बिर्तामोड र आसपासका क्षेत्रहरुमा अधिकांश मानिसहरु भाडामा बस्ने गरेको र दुःखको कार्य गर्नुपर्दा भाडाको घरमा असहज हुने गरेकाले कर्मयोग भवन निर्माण गर्नु आवश्यक ठानिएको उनले बताइन् ।
तीन तले स्टमेट रहेको भवनको पहिलो तला निर्माणका लागि कोशी प्रदेश सरकारले २५ लाख रुपैँया विनियोजन गरेको थियो । सो रकमबाट छत ढलाई र चारैतिरको वाल लगाउने काम मात्र भएपनि बाँकि कामका लागि बिर्तामोड नगरपालिकाले ७ लाख र बिर्तामोड–६ नम्बर वडा कार्यालयले २ लाख रुपैँया बजेट उपलब्ध गराएको निर्माण समितिका सचिव राम सिटौलाले जानकारी दिए । नगर र वडाले दिएको बजेटले मात्र काम पुरा नभएपछि दाताहरुबाट समेत सहयोग लिइएको उनले बताए ।
भान्साकोठाका लागि बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडा र बरण्डाका लागि बिर्तामोड–४ भद्रपुर रोडस्थित सेवा सेनेटरीका सञ्चालक रुद्र ढकालले टायल्स उपलब्ध गराएको सिटौलाले बताए । भवनमा आवश्यक ४ वटा ढोका डीके फर्निचरका सञ्चालक डिकबहादुर राजवंशी र मुल ढोका पल क्रिएसनका सञ्चालक तथा बिर्तामोड ४ का वडा सदस्य उमेश राउतले उपलब्ध गराउने प्रतिबद्धता जनाएको किर्तन मण्डलीका सदस्य शंकरमणि उप्रेतीले बताए । करिब १३ हजार मुल्य बराबरको एउटा युपिभिसी झ्याल उद्यमी तथा सामाजिक अभियन्ता शुष्मा पौडेलले उपलब्ध गराएकीछन् । आवश्यक ग्रील विभिन्न उद्योगीहरुले उपलब्ध गराउने बचन दिएको र ५ वटा झ्यालको पल्ला र रंगका लागि दाताहरुको खोजी भइरहेको सिद्धिविनायक किर्तन मण्डलीका अध्यक्ष भक्ति पाठकले जानकारी दिए ।
चैत्र दोस्रो हप्तादेखि भवन प्रयोगमा ल्याउने गरि तयारी भइरहेको निर्माण समिति अध्यक्ष उप्रेतीले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार'सिद्धिविनायक कर्मयोग भवन’ निर्माणको अन्तिम चरणमा, सहयोग आह्वान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img