Homeसमाचारएपोलो बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव २०८१ को सम्पूर्ण तयारी पूरा

एपोलो बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव २०८१ को सम्पूर्ण तयारी पूरा

बिर्तामोड ७ माघ । बिर्तामोड ७ माघ । महोत्सवमार्फत अर्थतन्त्र चलायमान हुने र त्यसले व्यापारी व्यवसायीलाई राहत पुग्ने अपेक्षासहित बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव २०८१ आयोजना गरिएको छ । भोली अर्थात मंगलबारदेखि शुरु हुने एपोलो पेन्टस् मुख्य प्रायोजक रहेको एपोलो बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ ।
महोत्सवस्थलमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । उनका अनुसार महोत्सवका लागि स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम तयारी भएको संघका अध्यक्ष राजु न्यौपानेले बताए ।
माघ ८ देखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवको लगभग दुईलाख मानिसले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवको मंगलबार कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले समुद्घाटन गर्ने बिर्तामोड उद्योग बाणिज्य महासंघका महासचिव कुशल खतिवडाले जानकारी दिनुभयो ।
। महोत्सवले कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने अध्यक्ष न्यौपानेको अपेक्षा छ । महोत्सवमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र भुटानमा उत्पादित सामग्रीहरुको स्टल रहने बताइएको छ ।
एपोलो बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव २०८१ मा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको छ । बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा बिर्तामोड नगरपालिका ५ धर्मकाटा रोडमा आयोजना गरिएको महोत्समा तयार गरिएको ह्याङ्गर २० हजार स्क्वायर फुटको रहेको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए ।
ह्याङ्गार ३० मिटर चौडाई र ६० मिटर लम्वाइको रहेको व्यवस्थापक सिम्खडाको भनाई छ । ह्याङ्गार भित्र ११८ वटा स्टल रहन सक्ने र यो ह्याङ्गर नेपालकै ठूलो ह्याङ्गर भएको उहाँको दावी छ । स्टलमा स्थानीय क्षेत्रमा रहेका सबैखाले उद्योगहरुलाई समेट्दै व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सवमा गाडीदेखि गार्मेन्टसम्मका स्टल रहने सिम्खडाको भनाई छ ।
महोत्सवमा १५० वटा स्टल रहने संघकी जनसम्पर्क अधिकारी गोमा भट्टराईले बताइन् । सबैखाले मापदण्ड पूरा गरेर आयोजना गरिएको महोत्सवमा सेल्फी जोन समेत रहेको बताइन् ।
व्यापार महोत्सवमा ५ भन्दा बढी सह–आयोजक रहेका छन् । करीव १ करोड भन्दा बढी अनुमानित खर्चमा सम्पन्न हुन लागेको महोत्सवमा सह–आयोजक प्रदेश सरकार कोशी प्रदेश रहेको छ । महोत्ससवमा विहान १० बजेदेखि ३ बजेसम्म विद्यार्थी र जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ४ बजे देखि टिकट दर दुईसय तोकिएको महोत्सव आयोजक समितिले जनाएको छ ।
पत्रकार सम्मेलनको सहजीकरण बिर्तामोड उद्योग बाणिज्य महासंघका महासचिव खतिवडाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारएपोलो बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव २०८१ को सम्पूर्ण तयारी पूरा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img