HomeFeatured 2सबैलाई समेटेर पार्टी संगठन बलियो बनाउन सुझाव

सबैलाई समेटेर पार्टी संगठन बलियो बनाउन सुझाव

बिर्तामोड १९ पुस । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले दुईदलीय गठबन्धनलाई फुटाउन शक्तिकेन्द्रहरु सक्रिय रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस झापा २ नम्बर क्षेत्रीय समितिको आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित सयदिने विशेष सांगठनिक अभियान अन्तरगतको क्षेत्रीय भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता थापाले यस्तो धारणा राख्नुभएको हो ।
‘०८४ सम्म गठबन्धन कायम राख्नुको विकल्प छैन’–उहाँले भन्नुभयो–‘सबै दल अल्पमतमा छन्, सानो दललाई बोकेर देश चलाउँदा अपेक्षित काम गर्न सकिएन । तसर्थ ठूला दुई दल कांग्रेस एमाले मिलेर गठबन्धन बनेको हो । यसको विकल्प छैन ।’ दुईदलीय गठबन्धनका विरुद्ध बोल्ने छुट पार्टीका नेता–कार्यकर्ताहरुलाई नभएको जिकिर गर्दै नेता थापाले समस्या आए संस्थागत रुपमै दुईदलीय संयन्त्रमार्फत समाधान गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो ।
गठबन्धन सरकारको सहमतिको पहिलो एजेण्डा संविधानमा सुधार रहेको चर्चा गर्दै उहाँले राष्ट्रियसभालाई पूर्ण समानुपातिक बनाएर प्रतिनिधिसभामा समानुपातिक ब्यवस्था संसोधन गर्ने तयारी रहेको संकेत गर्नुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेशको आयोजनामा आगामी पुस २४ गतेदेखि शुरु हुने कचनकबल–सगरमाथा जागरण अभियानमा सबैलाई सहभागी हुन आह्वान गर्दै नेता थापाले अभियानका क्रममा चौध जिल्लाको सांगठनिक अवस्था, जनप्रतिनिधिको भूमिका, कांग्रेस सरकारमा रहँदा ल्याइएको गौरबका योजना, पार्टीका अग्रज एवं शहीद परिवारको राजनीतिक योगदान र पारिवारिक अवस्था लगायतका विषयमा अध्ययन–अनुसन्धान गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त अभियान सातमहिनापछि सगरमाथाको कालापत्थरमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न सातराष्ट्रका विषयविज्ञहरु राखेर छलफलपछि समापन हुनेछ । कोशी प्रदेशभरमै सयदिने अभियान झापामा उत्कृष्ठ भएको भन्दै नेता थापाले प्रशंसा गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले अभियानले संगठनमा जागरुकता ल्याएको चर्चा गर्दै पार्टीको शीर्ष नेतृत्वमा बस्नेले सबैलाई समेट्न नसक्दाको असर तल्लो तहमा समेत देखिएकोले सबैलाई समेटेर संगठन बलियो बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, कोशी प्रदेश समितिका सदस्य एवं संगठन विभाग प्रमुख मदन संग्रौला, झापा उपसभापति केशवराज पाण्डे, नेपाल प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौला, नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनाली, नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला, अर्जुनधारा नगर समिति सभापति हेमराज खरेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति किरण श्रेष्ठ र सञ्चालन सचिव चन्द्र चुडालले गर्नुभएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सबैलाई समेटेर पार्टी संगठन बलियो बनाउन सुझाव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img