Homeसमाचारसिद्धान्त बचतको १४ औं बार्षिक साधारणसभा

सिद्धान्त बचतको १४ औं बार्षिक साधारणसभा

भद्रपुर १५ मंसिर । सिद्धान्त बचत तथा ऋण सहकारी संस्था संस्था भद्रपुर झापाको १४ औं वार्षिक साधारणसभा सनिबार सम्पन्न भएको छ । संस्थाको आफ्नै सभाहलमा आयोजित साधारणसभाको वडाध्यक्ष अध्यक्ष टेकबहादुर खड्का काजीले उद्घाटन गर्नुभएको थियो । सहकारीका अध्यक्ष गोपाल श्रेष्ठले संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/ ०८१ मा ऋण लगानी लगायतका संस्थाले हाल सम्म गरेका विविध कार्य हरुका बारेमा प्रकाश पार्नुभयो । १९५२ शेयर सदस्य रहेको सहकारीको ६३ लाख एकहजार तीनसय शेयर तथा एककरोड ७४ लाख ८७ हजार एकसय ३५ रुपैया निक्षेप रकम रहेको समेत बताउनुभयो । सो अवसरमा सहकारीकी उत्कृष्ट कर्मचारि ज्ञानु महतोलाई नगद २० हजार सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । यसै गरि उत्कृष्ट ऋणि लालमाया सुब्बा ,बचतकर्ता शारदा न्यौपाने र बाल बचतकर्ता सम्याक सुब्बालाई समेत नगद सहित प्रशंसाा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि खड्का विषेश अतिथि, भद्रपुर नगरपालिका सहकारि विभाग निर्देशक नेत्र पोखरेल, स्वर्गद्वारी बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष गोपाल बहादुर थापा, उर्मिला गौतम लगायतले मन्तव्य राख्नु भएको थिय‍ । श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष देविमाया प्रधान र संचालन लेखा समिति सदस्य गोविन्द कोईरालाले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसिद्धान्त बचतको १४ औं बार्षिक साधारणसभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img