Homeसमाचारजनतालाई विकाससँग जोड्दै संगठन विस्तारमा लाग्न आग्रह

जनतालाई विकाससँग जोड्दै संगठन विस्तारमा लाग्न आग्रह

बिर्तामोड १ मंसिर । नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री तथा भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कांग्रेसका नेता कार्यकर्ताले विकासका काममा जनतालाई जोड्दै संगठन विस्तारमा लाग्न आह्वान गर्नु भएको छ ।
नेपाली कांग्रेसका अगुवा कार्यकर्ताको भेलालाई शनिबार झापाको बिर्तामोडमा सम्बोधन गर्दै मन्त्री राईले निर्माण र स्वास्थ्य सम्बन्धी समस्याग्रस्त अधूरा योजनाहरुको स्थलगत रूपमै समाधान गरिने बताउनु भयो ।
उक्त कार्यक्रममा मन्त्री राईले समस्याहरुको जानकारी प्राप्त हुनासाथ अलपत्र योजनाहरुको मन्त्रालयमा बसेर होइन स्थलगत रुपमै समाधान गर्ने परिपाटी बसाउने बताउनु भयो ।
सहभागीहरूको जिज्ञासाको उत्तरमा उहाँले समस्या लिएर आएमा आफू समाधान गर्न तयार रहेको बताउनु भयो । पार्टी कार्यकर्ताहरुले नैराश्यता त्यागेर जागरुक नभए नेतृत्व स्वेच्छाचारी बन्न सक्ने सम्भावना रहने धारणा राख्नु भयो ।
छलफलमा सहभागीहरुले बाटो, कल्भर्ट, सामुदायिक भवन, खानेपानी, रेल्वे मुअाब्जाका बारेमा प्रश्नहरू गरेका थिए । उत्तरमा मन्त्री राईले आफ्नो मन्त्रालय अन्तर्गत नपरेका विषयहरुमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर समस्या निराकरण गर्न पहाल गर्ने बताउनु भयो।
कार्यक्रममा नेका झापा सचिव कृष्ण हुमागाईंले नेतृत्वमा रहेका र सरकारी ओहोदामा पुगेका नेताहरुले खराव आचरण प्रस्तुत गर्दा कार्यकर्ता र जनतामा नैराश्यता उत्पन्न हुने तर्फ गम्भीर हुन आग्रह गर्दै विकास निर्माणका काममा पार्टी पंक्तिबाट अघि बढाइएका योजनाहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो
छलफलमा महासमिति सदस्य सीता पौडेल, राधा सुब्बा, अनुज खड्का, कोशी प्रदेश सदस्य मिरा खड्का, जिल्ला सदस्यहरु, क्षेत्रीय प्रतिनिधि, विभिन्न संघ संगठनका प्रतिनिधि, क्षेत्रीय सभापतिहरु, नगर सभपतिहरुको उपस्थिति रहेको थियो ।
भेटघाट तथा छलफल कार्यक्रमको संयोजन बिर्तामोडनगर सभापति भोजराज सिटौलाले गर्नु भएको जिल्ला सदस्य रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।
यस अघि मन्त्री राईले भैतिकपूर्बाधार मन्त्रालय अन्तर्गत निर्माणाधीन योजनाहरुको स्थलगत निरीक्षण गर्नु भएको थियो । वहाँले जिल्लाका शिर्ष नेताहरु पूर्व सांसद डिल्लप्रसाद सिटौला, पूर्व झापा जिल्ला सभापति तथा संविधान सभा सदस्य सुधीर कुमार सिवाकोटी र जिल्ला सभापति देउ कुमार थेवेको निवासमा पुगी भेट्घाट गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजनतालाई विकाससँग जोड्दै संगठन विस्तारमा लाग्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img