HomeFeatured 2वीरता लेडी जेसीजको जेसीज सप्ताह शुरू

वीरता लेडी जेसीजको जेसीज सप्ताह शुरू

बिर्तामोड ३ कात्तिक । लेडी जेसीजले जेसीज सप्ताह सुरु गरेको छ । लगातार सातवटा कार्यक्रम गरेर मनाइने जेसीज सप्ताह आज शनिबार बिर्तामोडमा औपचारिक कार्यक्रम गरेर सुरु गरिएको हो ।
वीरता लेडी जेसीज अध्यक्ष मेनुका ओलीको अध्यक्षतामा शुभारम्भ भएको सप्ताह कार्यक्रम प्रमुख अतिथि, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले उद्‌घाटन गर्नुभयो । लागू औषध दुर्व्यसन नियन्त्रणका लागि गरिएका प्रयासबारे अन्तरक्रिया कार्यक्रमसहित सुरु भएको उद्‌घाटन कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले वीरता लेडिज जेसीजले लागू औषध दुर्व्यसन नियन्त्रणका लागि गर्दै आएको सचेतना कार्यक्रमको प्रशंसा गर्दै बास्तोलाले भने ‘अहिले लागू औषध नेपाल र नेपालीहरूको लागि प्राणघातक समस्याको रुपमा देखा परेको छ । यो समस्या न्यूनिकरण गर्न सरकार, समुदाय, सङ्घसंस्था सबै पक्ष मिल मात्र नियन्त्रण सम्भव छ, यस समस्या नियन्त्रण न्यूनिकरणमा घर परिवारका अभिभावक बढी जिम्मेवार बन्न जरुरी हुन्छ । समुदायमा देखा परेको समस्यामा प्रहरी र सरोकारवाला पक्ष लागि नै परिरहेका छन् । समुदाय भन्दा घर घरमा बढी समस्या रहेको पाइएको छ । अब सिङ्गो सचेत वर्गहरू गम्भीर बन्नु पर्ने भएको छ । वीरता लेडी जेसीजले जस्तै अरु सामाजिक संघ संस्थाहरूले पनि अभियानकै रुपमा लागू औषध नियन्त्रणको लागि कार्ययोजना बनाए कार्यक्रमहरू आयोजना गर्न सके मात्र सभ्य, सुरक्षित समाज निर्माण गर्न सकिन्छ ।’
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमख प्रहरी उपरीक्षक मिलन केसी, अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हरिस बास्तोला, बिर्तामोड वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, नेपाल जेसीज उपाध्यक्ष घनश्याम चौधरी, वीरता लेडी जेसीज संस्थापक अध्यक्ष शारदा रिजाललगायतले मन्तव्य राखेका थिए ।
निवर्तमान अध्यक्ष सङ्गीता गिरीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रम सञ्चालन महासचिव मुना ढुङ्गेलले गर्नुभएको थियो।
प्रियंका उप्रेती उद्घाटन र प्रभा राय लाागुऔषध दुव्र्यसन तथा नियन्त्रण अन्तरक्रियाको संयोजक रहेका थिए ।
दोस्रो सत्रको अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले सहजीकरण गर्नु भएको थियो । अन्तरक्रियामा संस्थागत प्रतिनिधित्व गर्दै ५० जना भन्दा धेरैको सहभागिता रहेको थियो ।
सप्ताह अन्तरगत ५ गते ट्राफिक सचेतना, स्कुटर स्लो स्कुटर रेस, वित्तिय साक्षरता कार्यक्रम ६ गते संसदीय व्यवस्था प्रणाली तालिम, ७ गते सहयोग हस्तान्तरण र समापनको कार्यक्रम रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2वीरता लेडी जेसीजको जेसीज सप्ताह शुरू
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img