HomeFeatured 2गाई हत्यामा संलग्न ४ जना पक्राऊ

गाई हत्यामा संलग्न ४ जना पक्राऊ

भद्रपुर २३ भदौ । गोठमा बाँधेको गाई चोरी गरी निर्मम हत्यामा संलग्न झापा दमकस्थित भूटानी शरणार्थी क्याम्पका १ महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ १८ गते राति दमक नगरपालिका वडा नं.–२ का लछुमन बस्नेतका गोठमा बाँधेको गर्भिणी गाई चोरेर हत्या गरेको अभियोगमा दमक नगरपालिका–२ बेलडाँगीमा अवस्थित भूटानी शरणार्थी शिविर क्याम्प नं. २ का ४४ वर्षीय प्रेमबहादुर विष्ट, क्याम्प नं. ३ का खगेन्द्र दुलाल, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा विधान थापा र दमक नगरपालिका वडा नं. ४ की गीता श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका मध्ये विष्ट चोरी, डाका तथा सार्वजनिक अपराध मुद्दा चलाइएका अभियुक्त हुन भने दुलाल जबरजस्ती करणी र पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा यसअघि नै प्रहरी कारवाहीमा परेको प्रहरीले जनाएको छ । त्यस्तै थापा सार्वजनिक अपराध मुद्दामा कारवाहीमा परेको व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुले बस्नेतको गाई चोरेर गोठबाट लगभग एकसय मिटरको दुरीमा रहेको खाली जमिनमा लगि बन्चरोको प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाबाट गौहत्यामा प्रयोग गरिएको १ थान खुकुरी, १ थान बन्चरो र मासु बोक्न प्रयोग गरेको झोला समेत बरामद गरेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2गाई हत्यामा संलग्न ४ जना पक्राऊ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img