भद्रपुर ११ साउन । झापाको चन्द्रगढीमा गत साउन ४ गते देखि शुरु भएको आधारभुत मेलमिलाप सम्बन्धि ८ दिने तालिमको एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ।
नेपाल बार एसोसिएसनको समन्वय तथा झापा बारको आयोजनामा सम्पन्न तालिमको समापन गर्दै झापा बारका अध्यक्ष नारायण प्रसाद भट्टराईले तालिममा सहभागिहरुका लागि अत्यन्तै फलदायी भएको बताए । उनले विवादित पक्षहरुको सानोतिनो कसुरलाई पछि पार्नु र अनावश्यक खर्च र समयको बचत गर्न मेलिमलाको नीति जरुरी रहेको बताए। अध्यक्ष भट्टराईले झापामा १६ प्रतिशतको हाराहारीमा मात्र विवादहरु मेलमिलापको माध्यमबाट समाधान हुने गरेको बताउदै तालिम पश्चात् सर्वोच्च अदालतको अबधाराणा अनुरुप झापामा ५० प्रतिशत सम्मका विवादलाई मेलमिलापको नीति अनुरुप समाधान गर्न सकिने बताए।
उनले तालिम प्राप्त कानुन व्यवसायी तथा अदालका न्यायाधीश तथा कर्मचारीको सकृयतामा आगामी दिनमा मेलमिलापको माध्यमबाट पक्षविपक्ष विच न्यायमा सुधार हुने समेत धारणा राखे। तालिममा झापाका ३० जना बढी कानुन व्यवसायी तथा अदालतका कर्मचारीको सहभागिता रहेको थियो । सहभागिनिहरुलाई प्रमुख अतिथि झापाका मुख्य जिल्ला न्यायाधीश अशोककुमार बस्नेत लगायतले सहभागि प्रशिक्षार्थी लाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरे ।
सोही अवसरमा प्रशिक्षकहरुलाई समेत कदर पत्रले सम्मान गरिएको थियो ।तालिम समापन कार्यक्रममा प्रमुख अतिथि बस्नेत , नेपाल बारका पुर्व उपाध्यक्ष अशोक कुमार पोखरेल,अमर बहादुर निरौला,टीका प्रसाद कंडेल , कुल प्रसाद दाहाल हेमकला कट्टेल लगायतले मन्तव्य राखेका थिए। नारायण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष भिम बराल र संचालन सचिव सन्तोष प्रसाईले गरेका थिए ।
आधारभुत मेलमिलाप सम्बन्धि ८ दिने तालिम समापन

































































































