Homeसमाचारडी. कौडिण्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई प्रदान

डी. कौडिण्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई प्रदान

बिर्तामोड ७ साउन । जनपक्षीय पत्रकार स्वर्गीय देवकुमार आचार्यको स्मृतिमा स्थापित डी. कौडिण्य स्मृति पत्रकारिता पुरस्कार यसबर्ष झापाली सञ्चारकर्मीद्वय झुलन रेग्मी र डिकेश लामालाई प्रदान गरिएको छ ।
सोमबार बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी उक्त पुरस्कार संयुक्त रुपमा रेग्मी र लामालाई प्रदान गरिएको हो । । प्रेस सेन्टर नेपाल झापाद्वारा स्थापित उक्त पुरस्कारको राशी यस बर्षबाट ४२ हजार रुपैँया पुर्याइएको छ । कार्यक्रमका अध्यक्ष राजु पाठक, कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, कोशी प्रदेश संसदीय दलका नेता तथा प्रदेश पूर्व आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो (मौसम) तथा डी. कौडिण्यकी धर्मपत्नी यमुना आचार्यले पुरस्कार राशी तथा सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले डी. कौडिण्य एक कुशल शिक्षक, राजनीतिज्ञ तथा पत्रकार भएको भन्दै उनको चर्चा गरेका थिए ।। डी. कौडिण्यको बिषयमा व्यापक अध्ययन हुन जरुरी रहेको उनीहरुको भनाई थियो । डी. कौडिण्यको बिषयमा आम पत्रकारजन्य संघ संगठनले बहसको बिषय बनाउनुपर्नेमा उनीहरुको सुझाव थियो ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भूमिका फियाक, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, समाजवादी प्रेस संगठन झापा अध्यक्ष शम्भुजित दाहाल, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियार, नेपाल प्रेस युनियनका सल्लाहकार राजेन्द्र गौतम, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पुरस्कृत व्यक्तित्वहरुको तर्फबाट बोल्दै अग्रज पत्रकार लीला बरालले पुरस्कृत व्यक्तिहरुलाई बधाई दिँदै पुरस्कारको ओझ र गरिमा कायम राख्न आग्रह गरे ।
डी। कौडिण्यकी पत्नी यमुना आचार्य, छोरी तृप्ती आचार्य, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुमनसिंह सी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमले आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी आङ्बोले राणा शासन विरोधी आन्दोलनदेखि पछिल्लो पहिचानको आन्दोलनसम्म आउँदा भएका शहिदहरुको परिवारको जिम्मा राज्यले लिनुपर्ने धारणा राखे । महान शहिदको परिवारले आफ्ना सदस्य गुमाएको पीडा बिर्सिएर मुलुकले प्राप्त उपलब्धीमा खुशी हुन आग्रह गरे । शहिद परिवारको उचित राहत, रेखदेखका निमित्त पार्टीको तर्फबाट आफुले सक्दो पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा उपस्थित सहभागीहरुलाई प्रेस सेन्टर झापाका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेका थिए भने केन्द्रीय सचिव विमल लामिछानेले डी। कौडिण्यको जीवनीका बारेमा चर्चा गरेका थिए । कार्यक्रम संगठनका सचिव पुष्प खड्काले सञ्चालन गरेका थिए ।
देवकुमार आचार्य तत्कालिक शिक्षक, राजनीतिक व्यक्तित्व तथा जनपक्षीय पत्रकार थिए । विद्रोही भएको बहानामा राज्यले पक्राउ गरी उनलाई २०५९ साल साउन ७ गते चारआलीस्थित नेपाली सेनाको व्यारेकमा निर्ममतापूर्वक हत्या गरिएको थियो । आचार्यसँगै खगेन्द्र दंगाल र शंकर घिमिरेलाई समेत सोहि दिन हत्या गरिएको थियो । उनीहरुको २१औँ स्मृति दिवसको अवसरमा प्रत्येक बर्ष प्रेस सेन्टर नेपाल झापाले उक्त पुरस्कार वितरण गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारडी. कौडिण्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामालाई प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img