Homeसमाचारबिर्तामोडमा धिमेबाजा प्रशिक्षण शुरु

बिर्तामोडमा धिमेबाजा प्रशिक्षण शुरु

बिर्तामोड १४ जेठ । नेवा: पासा: मुना पुच बिर्तामोड आयोजनामा नेवा : छे भवन बिर्तामोडमा धिमेबाजा प्रशिक्षण शुरु भएको छ ।
नेवा : छे भवन बिर्तामोडमा आज एक कार्यक्रमको आयोजना गरी विधिवत् रुपमा बाजाको पूजा आजा गरी प्रशिक्षण शुभारम्भ गरिएको हो ।
कार्यक्रममा नेवा: पासा: मुना पुच बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले लामो समयको प्रयासपछि बिर्तामोडमा ” मौलिक धिमे बाजा”को प्रशिक्षण गराउन सफल भएको बताए । उनले सहभागीहरुलाई मनबाटै सिक्न अनुरोध गर्दै शुभकामना ब्यक्त गरे। साथै अध्यक्ष श्रेष्ठले प्रशिक्षण एक महिनासम्म निशुल्क रूपमा चल्ने जानकारी दिदै प्रशिक्षणमा इच्छुक सबै समुदायका मानिसहरु सहभागी बन्न सक्ने बताए।
धिमेबाजा प्रशिक्षक धरानका आयुष शाक्यले “धिमेबाजा एक प्रचलित बाजा हो जुन नेवार समुदायले हर्ष उल्लासको समयमा बजाउने गर्दछन् , ईतिहास पढ्दा यो बाजा भगवान शिवले समेत बजाउनु भएको उल्लेख गरे”।
नेवा:लयाम्ह पुच :को संयोजन रहेको प्रशिक्षण कार्यक्रममा बिर्तामोड नगरपालिकाका ४, र ५ को आर्थिक सहयोग रहेको संस्थाका उपाध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए।
नेवा समुदायले उल्लासको समय बेल बिबाह, ब्रतबन्ध लगायत शुभ कार्यमा बजाईने मौलिक धिमेबाजा प्रशिक्षण लिनका लागि काकडभिट्टा, ईलाम लगायत बिर्तामोड नगरपालिकाका बिभिन्न क्षेत्रबाट सहभागी जुटेको आयोजक संस्थाका सचिब मिलन शाक्यले बताए।
धिमेबाजा प्रशिक्षण शुभारम्भ कार्यक्रममा नेवा: पासा: मुना पुच बिर्तामोडका पुर्व अध्यक्ष चन्द्र कुमार राजभण्डारी ,सल्लाहकार दिपक प्रधान ,लाखे संरक्षक लक्ष्मी श्रेष्ठ ,अग्रज बम्बै राज उदास,नेवा: देय दवु: समालबुग ईलामका अध्यक्ष संजीव प्रधान , प्रशिक्षणमा सहभागी लगायतले बाजाको सामुहिक पुजा गरी प्रशिक्षण शुभारम्भ गरिएको थियो। एक महिनासम्म चल्ने प्रशिक्षणमा सहभागीहरुलाई बिहान ९ बजे देखी र साँझ ५ बजे देखी करिब डेढ घण्टाको समय निर्धारण आयोजक परिवारका तारामणि श्रेष्ठले जानकारी दिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडमा धिमेबाजा प्रशिक्षण शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img