HomeFeatured 2रघुनाथ रिमालको शप्तदश संस्कार महाकाव्यको विमोचन

रघुनाथ रिमालको शप्तदश संस्कार महाकाव्यको विमोचन

भद्रपुर ९ बैशाख । महाकाव्यकार रघुनाथ राधाशरण रिमाल अपूर्णको शप्तदश संस्कार नामक महाकाव्य विमोचन गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर १० चन्द्रगढी स्थित दुर्गा पञ्चायन मन्दिरको सभाहलमा कवि तथा हाँस्यव्यङ्यकार कोमलप्रसाद पोखरेलले महाकाव्यको विमोचन गरेका हुन् ।
पुस्तकालयका सभापति कृष्ण सुवेदी निराकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा गर्दै समालोचक जीवनाथ सुवेदीले कृति धार्मिक भावसित समाजको चित्रण गर्दै नेपालको मौलिक कला र संस्कृतिको दस्तावेजका रूपमा आएको बताए । उनले सामान्यतया हिन्दू परम्पराले १६ वटा संस्कार स्वीकार गरेको भए पनि कृतिकारले महाकाव्यभित्र छैठी संस्कारलाई जोडेर १७ औं संस्कारका रूपमा प्रयोग गरेको जानकारी दिए । समालेचक सुवेदीले महाकाव्यको नियमलाई पूर्ण पालना गर्न नसेके पनि कृतिले आधारभूत नियम पालना गर्दै आख्यान पक्ष दरिलो रूपमा उठाएको समेत स्पष्ट पारेका थिए ।
राधा रिमाल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा भाषासेवी चुडामणि रेग्मी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायतले मन्तव्य राख्दै नेपाली महाकाव्य जगतमा शप्तदश संस्कार कृतिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
पुस्तकालयकी उपसभापति खगेन्द्रा खुसीले शब्द मार्फत तथा आराध्या अधिकारी र खुसी रिमालले गीत मार्फत स्वागत गरेको कार्यक्रममा मिना अधिकारी, डिल्लीराज नेपाल लगायत विभिन्न कवि कवयत्रीहरूले महाकाव्य भित्रका काव्यिक श्लोकहरू वाचन गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2रघुनाथ रिमालको शप्तदश संस्कार महाकाव्यको विमोचन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img