Homeसमाचारराष्ट्र सेवक सहकारीद्वारा ७ जनालाई सम्मान

राष्ट्र सेवक सहकारीद्वारा ७ जनालाई सम्मान

भद्रपुर १७ चैत्र । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि भद्रपुर झापाले संस्थाको ,२५ ओै स्थापना दिवस तथा रजत जयन्ती को सन्दर्भ मा २ जना ज्येष्ठ सदस्य सहित ७ जनालाई सम्मान गरेको छ ।
चन्द्रगढिमा शनिवार आयोजित कार्यक्रममा जेष्ठ सदस्यद्वय केशब लम्साल र कुसुम लामालाइ सम्मान गरिएको छ ।
यसैगरि संस्थाका उत्कृष्ट कारोबार गर्ने सदस्यहरु ५ जना क्रमशः हरिप्रसाद अधिकारी,डोरप्रसाद दुलाल,देविका पोखरेल,मदन चाैधरी र विष्णु पोखरेललाई सम्मान गरिएको थियो ।
उहाहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद छविलाल चुडाल,अध्यक्ष बशिष्ठ अधिकारी लगायतले जेष्ठ सदस्यीय दोयलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर तथा उत्कृष्ट सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै सांसद चुडालले सहकारिहरुमाथि चाैतर्फी आक्रमण हुने गरेको बताउदै यस्तो दुस्साहस गर्ने प्रविधिको अन्त गर्न सहकारि संचालकहरु एकताबद्ध भएर लाग्नु पर्ने बताए ।
अधिकारिको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा निजामती कर्मचारी संगठन झापा अध्यक्ष केदार पोखरेल,स्वप्नदोस सहकारी संस्था अध्यक्ष माधब घिमिरे , विष्णु पोखरेल लगायतले मनतव्य राखेका थिए ।
उपाध्यक्ष डिल्लीराम ढकालले उदेश्य माथि प्रकाश पारेको कार्यक्रमको संचालन सचिव नवराज पोखरेलले गरेका थिए। सो कार्यक्रममा सहकारी विज्ञ खेम वगालले प्रशिक्षण समेत प्रदान गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराष्ट्र सेवक सहकारीद्वारा ७ जनालाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img