बिर्तामाेड १७ चैत। नेवा: पासा मुन पुच: बिर्तामोडले सातौं विश्व नेवा दिवस मनाएको छ।
सातौं विश्व नेवा दिवसको अवसरमा नेवा: पासा मुना पुचले बिर्तामोडको मुक्ति चौकमा आज साँझ दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको थियो ।
नेवा: पासा मुना पुच:का अध्यक्ष दिनेश श्रेष्ठको नेतृत्वमा पासा मुना पुच:का सदस्यहरू दिप प्रज्वलन कार्यक्रममा सहभागी थिए ।
दिप प्रज्ज्वलन अघि नेवा:समुदायले धिमे बाजा बजाउदै मुक्ति चौक परिक्रमा गरेको थियो।
नेवा: साहित्य, कला र संस्कृतिको सम्मान गर्दै यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्ने यो दिवस मनाईएको अध्यक्ष दिनेश श्रेष्ठले
बताए ।
नेवा : पासा मुन पुच:ले दिप प्रज्ज्वलन गरी मनायो सातौं विश्व नेवा दिवस



















