,बिर्तामोड १४ चैत । नेपाल शिक्षक महासंघ बिर्तामोडको अध्यक्षमा पुनः युवराज कट्टेल निर्वाचित भएका छन् । नेपाल शिक्षक महासंघ बिर्तामोडको दोस्रो नगर अधिवेशनबाट कट्टेल दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष चयन भएका हुन् । त्यस्तै महासंघको सह अध्यक्ष , उपाध्यक्ष,महिला उपाध्यक्ष , सचिव र सहसचिव,सहसचिव अर्थ पदमा क्रमशः तीर्थराज कट्टेल,दिनेशकुमार बास्कोटा, प्रमिला भण्डारी ,उमानाथ भण्डारी, कैलाश पोख्रेल,हरीप्रसाद दंगाल लगायत निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल शिक्षक महासंघ बिर्तामोडको दोस्रो नगर अधिवेशनबाट निर्वाचित नगर समितिको घोषणा सभा देवी माध्यमिक विद्यालय बिर्तामोडमा –५ को सभाहलमा भएको थियो । युवराज कट्टेलको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि शिक्षक महासंघ झापाका संस्थापक सचिव उमेश शाह रहेका थिए । कार्यक्रममा नेपाल शिक्षक महासंघ झापाका संस्थापक सचिव उमेश साह ,नेपाल शिक्षक महासंघ निवर्तमान जिल्ला अर्थ सचिव लिलाप्रसाद भण्डारी ,नेपाल शिक्षक युनियन पूर्व उपाध्यक्ष कृष्णमाया रिजाल ,नेपाल शिक्षक संघ ताप्लेजुङका पूर्व उपाध्यक्ष देउमाया ओझा,नेपाल शिक्षक संघ बिर्तामोडका अध्यक्ष जयकुमार प्रसाईंसहित विभिन्न पेशागत संस्थाका अध्यक्ष ,नेल्टा झापा निवर्तमान अध्यक्ष धर्मेन्द्र भट्टराई ,विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो। निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको थियो। उक्त कार्यक्रममा उमेश शाह,लिलाप्रसाद भण्डारी ,कृष्णमाया रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए। निर्वाचित अध्यक्ष कट्टेलले अधिकार र कर्तव्य जिम्मेवारी बोधका साथ अघि बढ्नु आजको आवश्यकता रहेको बताए । उनले शैक्षिक गुणस्तर बृद्धि गर्दै समतामूलक समाज निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका रहेको जिकिर गर्दै शिक्षक कर्मचारी कल्याण कोष निर्माणको निम्ति आवश्यक छलफल गरि विधि निर्माण गर्दै सो दिशामा अघि बढ्न सम्पूर्ण पेशागत संस्था ,शिक्षक कर्मचारीहरुमा अपिल गरेका छन् ।राज्यले शिक्षा क्षेत्रलाई सदैव उपेक्षा गर्दै आएको छ। राज्यलाई खवरदारी गर्दै सार्वजनिक शिक्षालाई थप सुदृढ र व्यवस्थित बनाउन निरन्तर दबाव दिनु रहेको कुरा नवनिर्वाचित अध्यक्षले बताए। उमानाथ भण्डारीले सञ्चालन गरेको कार्यक्रममा गोविन्दप्रसाद न्यौपानेले स्वागत मन्तब्य राखेका थिए । झापाको १५ वटै स्थानीय तहमा शिक्षक महासंघ गठन भएको छ ।
झापाको सातवटा स्थानीय तहमा नेपाल शिक्षक संघ पहिलो भई अध्यक्ष पद प्राप्त गरेको छ भने बाँकी आठवटा नेपाल राष्ट्रिय शिक्षक संगठनले अध्यक्ष पद प्राप्त गर्न सफल भएको छ ।जुन पालिकामा जुन संस्था पहिलो हुन्छ,त्यसैको नेतृत्वमा नेपाल शिक्षक महासंघ गठन गर्ने समझदारी नेपाल शिक्षक महासंघ झापामा आवद्ध पेशागत संस्थाहरुले सहमति गरेका छ्न । पालिका स्तरको सदस्य संख्याको कुल योगफलमा आधारित भैइ जुन संस्था पहिलो हुन्छ,त्यसैको नेतृत्वमा नेपाल शिक्षक महासंघ जिल्ला समिती झापा गठन गर्ने समेत पेशागत संस्थाहरु बीच सहमती भएको छ।
नेपाल शिक्षक महासंघ बिर्तामोडको अध्यक्षमा पुनः युवराज

































































































