Homeसमाचारसि.के.को विचार अनुशरण गर्न आग्रह

सि.के.को विचार अनुशरण गर्न आग्रह

बिर्तामोड ८ फागुन । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले सि.के. प्रसाई नीति, सिद्धान्त, विचारप्रतिको निष्ठावान ब्यक्तित्व भएकै कारण सबैले श्रद्धापूर्वक सम्झने गरेको धारणा राखेका छन् ।
सि.के. चिन्तन प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको सभाहलमा आयोजित विचार गोष्ठी कार्यक्रमका सहभागी बक्ताहरुले सि.के. प्रसाई आर्थिक रुपमा मितब्ययी, समाजवादी दर्शन अनुसारकै जीवनशैली अपनाउने सादगी नेता रहेको बताएका हुन् ।
नेपाली कांग्रेसका संस्थापक नेता वी.पी. कोइरालाको सान्निध्यमा रहेर लामो समय राजनीति गर्नुभएका सि.के. प्रसाईले नेपाली कांग्रेसको राजनीतिमा लागेकै कारण लामो समयसम्म निर्वासनको सजाय भोग्नुपरेको थियो भने सम्पूर्ण सम्पत्ती तत्कालीन सरकारले सर्वस्वहरण गरेको थियो । प्रजातान्त्रिक समाजवादका ब्याख्याता एवं समाजवादी चिन्तक सि.के. प्रसाईंको २०५० साल फागुन ८ गते निधन भएको थियो ।
नेपाली कांग्रेस झापाका पूर्व सभापति रहनुभएका प्रसाईंकै कार्यकालमा सचिवको जिम्मेवारी संहाल्नुभएका पूर्व सांसद एवं कार्यक्रमका प्रमुख अतिथि डिल्लीप्रसाद सिटौलाले सि.के. प्रसाईले आदिबासी÷जनजाति, लोपोन्मुख समुदायका ब्यक्तिहरुलाई अत्यन्तै महत्व दिएर राजनीतिमा सँगसँगै हिडाएको चर्चा गर्नुभयो ।
त्यसबेलाका कांग्रेस नेता कार्यकर्ता अत्यन्तै इमान्दार, सिद्धान्तनिष्ठ र नैतिकवान रहेको चर्चा गर्दै अग्रज नेता सिटौलाले अहिले धेरै नेता कार्यकर्ताहरु नीति र सिद्धान्तप्रति प्रतिबद्ध नहुँदा दुःख लागेको बताउनुभयो ।
‘कांग्रेस पार्टीभन्दा पनि नीति, सिद्धान्त, विचार, क्रान्ति र परिवर्तन हो’ नेता सिटौलाले भन्नुभयो–‘आफू, आफ्नो परिवार र समाजमा कांग्रेस भएर ठिङ्ग उभिनुस् । समाजवादी जीवनशैली अपनाउनुस् नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्धताले मात्रै वी.पी. र सि.के.हरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’
सि.के. चिन्तन प्रतिष्ठानका पूर्व अध्यक्ष लोकराज ढकालले तत्कालीन समयमा सि.के.ले विभिन्न पत्रपत्रिकाहरुमा निरन्तर प्रजातान्त्रिक समाजवादी दृष्टिकोणसहितका लेखरचनाहरु प्रवाह गरेको स्मरण गर्दै सिद्धान्तप्रतिको निष्ठा, इमान्दारिता र नैतिकताले नै वी.पी., सि.के. प्रसाईं लगायतका नेतालाई सबैले सम्मान गर्ने गरेको धारणा राख्नुभयो ।
अहिलेका धेरैजसो नेता–कार्यकर्तामा अध्ययनको कमी देखिएको औंल्याउँदै उहाँले नेपाली कांग्रेसको नीति, सिद्धान्त, विचार एवं समाजवादी दर्शनका बारे अध्ययन गर्न सहज होस् भनेर प्रतिष्ठानमा पुस्तकालय स्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्य मिरा खड्का, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, सि.के. चिन्तन प्रतिष्ठानका सल्लाहकार एवं पूर्वमन्त्री खगेन्द्र प्रसाई, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव रेजिना गौतम लगायतले मन्तब्य राख्दै सि.के.का विचार अध्ययन गरेर थुप्रै ब्यक्ति कांग्रेस भएको चर्चा गर्दै आम नेता कार्यकर्ताले समाजवादी जीवनशैली अपनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष टिकाप्रसाद प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत महासचिव लक्ष्मीप्रसाद आचार्य र सञ्चालन सचिव इन्दु पूर्वेलीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षकद्वय संगिता प्रसाई, अनुदान प्रसाई, सल्लाहकार राजकुमार पोखरेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खगेन्द्रविक्रम नेम्बाङ, ने.का. झापाका सदस्यहरु देवीका बस्नेत, पुष्पलाल चौधरी, लीला मैनाली, विरु दर्नाल, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, विर्तामोड नगर सभापति भोजराज सिटौला, कनकाई नगर सभापति दुर्गाप्रसाद प्रसाई, न्युटन एजुकेशन फाउण्डेशनका संस्थापक धर्मा पराजुली प्रसाई लगायत सयौंको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसि.के.को विचार अनुशरण गर्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img