HomeFeatured 2बिर्तामोड बाणिज्य संघ निर्वाचन: ३९ जनाको मनोनयन दर्ता

बिर्तामोड बाणिज्य संघ निर्वाचन: ३९ जनाको मनोनयन दर्ता

बिर्तामोड ६ फागुन । यही फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि एक स्वतन्त्रसहित ३९ जना मनोनयन दर्ता गराएका छ्न् । आइतवार (आज) बाजागाजासहित समूहगत रुपमा संघको कार्यालय पुगेका लोकतान्त्रिक व्यावसायिक प्यानल र स्वतन्त्र व्यावसायिक प्यानलका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।
लोकतान्त्रिक व्यावसायिक प्यानलको नेतृत्व राजु न्यौपानेले गरेका छन् भने स्वतन्त्र व्यवसायीक प्यानलको नेतृत्व अर्जुनकुमार मैनालीले गरेका छन् । मनोनयन दर्ताका लागि बाजागाजा र तामझामका साथ मनोनयन दर्ता स्थलमा उम्मेद्वारहरु पुग्दा बाणिज्यसंग कार्यालय परिषरको वातावरण निकै रमाइलो बनेको थियो ।
लोकतान्त्रिकको तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपक मित्तल र सहकोषाध्यक्ष तिलोत्तमा खत्री छन् । खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा शाह गुप्ताले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै स्वतन्त्र व्यवसायीक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् । त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनीले उम्मेदवारी दर्ता गरेका छन् । खुला सदस्यतर्फ चन्द्रादेवी भट्टराई, शत्रुघन रौनियार, कृष्ण बजगाईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, अमिर खान, महिला सदस्यमा रिता चौधरी र सुष्मा उप्रेतीको उम्मेद्वारी रहेको छ ।
स्वतन्त्र रुपमा पनि उम्मेद्वारी दर्ता गराएको बुझिएको छ । स्वतन्त्र रुपमा सदस्य पदमा उम्मेद्वारी दिनेमा समिल राई रहेका छन् ।
संघको १४ गते हुने मतदान प्रक्रियाका लागि पाँच हजार छसय ६१ जना मतदाता रहेका छन् । यसबाहेक १२ जना पूर्वअध्यक्षहरु मतदाता रहने बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड बाणिज्य संघ निर्वाचन: ३९ जनाको मनोनयन दर्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img