Homeसमाचारभद्रपुर जेसिजको ४८ ओैं पद हस्तान्तरण

भद्रपुर जेसिजको ४८ ओैं पद हस्तान्तरण

भद्रपुर २८ माघ । भद्रपुर जेसिजले आफ्नो ४८ ओै पद हस्तान्तरण गर्दै एक जना उत्कृष्ट नागरिक लगायतका दर्जनौ सहयोगिलाई सम्मान गरेको छ ।
चन्द्रगढीमा आयोजित कार्यक्रमको संघीय सांसद राजेन्द्र लिङदेनले उद्घाटन गरे।
कार्यक्रमको उद्घघाटन गर्दै सांसद लिङदेनले जेसिजले देशका युवाहरुलाई बैदेशिक रोजगारमा जानबाट रोक्दै देशको नेतृत्व युवाहरुले सम्हाल्नु पर्ने बताए ।
उनले राजनीतिमा लागेर दलको नेतृत्व गर्दै देश ढुवाउने पुराना नेताहरुलाई परास्त गर्दै देश बचाउनु पर्नेमा जोड दिए ।
देश बनाउने जिम्मा अब युवाहरुको हो भन्दै देशबाट युवा विदेशीने क्रम को अन्त गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष युवाराज न्यौपानेले नव निर्वाचित बर्ष द्दण्द्दद्ध का अध्यक्ष टिकाराम पाण्डे दिपकलाई जेसिज च्यान हस्तान्तरण गर्दै सफथ गराउनु भएको थियो ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष पाण्डेले रिक्त पदहरुमा महा सचिवमा सरोज ढकाल,कानुनी सल्लाहकारमा हिमाल खड्का ,कोषाध्यक्षमा संगिता खतिवडा,तालिम संयोजक अरिफ अलि,सचिव पदमा शेखर बुढाथोकी लगायतलाई मनोनयन समेत गरे । त्यसै गरी बर्ष २०२३ को उत्कृष्ट नागरिक सम्मानबाट समाजसेवि विष्णुप्रसाद सिाकोटि र उत्कृष्ट जेसिजको रुपमा सरोज ढकाल लगायत दर्जनौ सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।
भद्पुर जेसीजले यसै बर्षबाट जुनियर जेसिज स्थापित गर्दै संस्थापक अध्यक्ष आराध्य तिम्सिनाको अध्यक्षतामा गठित पदाधिकारीलाई पद तथा गोपनियताको सफत ग्रहण गराईएको थियो ।
न्यौपाने र पाण्डे दुबैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका सांसद छविलाल चुडाल,पुर्व अध्यक्ष भरत प्रसाईं, सम्मानित व्यक्ति शिवाकोटी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन निर्वाचन समितिका अभिषेख ढुंगाना, ढकाल र पाण्डेले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुर जेसिजको ४८ ओैं पद हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img